काठमाण्डौ, २ असार।  यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।
यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले बताए।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।
कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।
त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।
एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी र डी प्लस ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १.६ देखि २ बीचको जीपीए हो ।

प्रकाशित नजिता अनुसार १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् । यो सबैभन्दा उच्च नजिता हो । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ अजार ५७७ छ ।

Previous articleकतारमा अलपत्र नेपालीहरुको तुरुन्त उद्धार हुन्छ- श्रममन्त्री बोहरा
Next articleयुरो कपमा स्विट्जरल्याण्डसंग रोमानिया बराबरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here