काठमाण्डौ, २८ जेठ। नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. उर्स हेरेनले आज राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष बिदाई भेट् गर्नु भयो।

भेट्का अवसरमा नेपाल र स्विट्जरल्याण्ड बीच रहि आएको आपसी सम्बन्ध, सहयोग र पारस्परिक हितका बिषयमा छलफल भएको तथा राजदूतले नेपालमा रही निर्वाह गर्नु भएको भूमिकाप्रति राष्ट्रपति भण्डारीले सराहना गर्दै राजदूत डा. हेरेनलाई धन्यबाद दिनु भयो। राष्ट्रपति भवन शीतल निवासमा बिदाई भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Previous article‘चीनबाट जहाज ल्याउनेबारे निर्णय छिट्टै’
Next articleस्विट्जरल्याण्डका स्थानीय कलाकारहरुको प्रस्तुती “गाउछ गीत नेपाली”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here