२८ मे २०१६, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा २९ मे २०१६, आईतबारका दिन हुन गईरहेको मह जात्रा कार्यक्रम समयमै शुरु हुने भएकोले समयमै उपस्थित हुन संघले हार्दिक अनुरोध गरेको छ।

आदरणीय स्विसवासी नेपाली दाजुभाई ,दिदिबहिनीहरु,

यहि मे २९ तारिख आइतवारका दिन स्विजरल्याण्डको राजधानी बर्नमा नेपाली हाँस्य कला क्षेत्रमा हाँस्य व्यंग्यका साथै चेतना मुलक कार्यक्रमहरु पनि प्रस्तुत गर्दै आउनु भएका लोकप्रिय कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) संगै कलाकारहरु नरेन्द्र कंसाकार , माण्डवी त्रिपाठी , यमन श्रेष्ठ र मोहित आचार्यको पनि बेजोड प्रस्तुति रहने कुरा यहाहरुलाई अगवत भई सकेको छ |उक्त कार्यक्रममा मह जोडीको प्रस्तुति दिनको ठिक १५ बजे शुरु भई लगातार हुने भएकोले समय मै उपस्थित भई दिनुहुन हामी हार्दिक अनुरोध गर्दछौ |उहाहरुको कार्यक्रम पछि नेपाली खाना र उहाहरु सग भेटघाट , फोटो र अटोग्राफको कार्यक्रम पनि राखिएको जानकारी गराउदछौ |

गैर आवासीय नेपाली संघ , स्विजरल्याण्ड

Previous articleमह यात्रा र हाम्रो तरङ्गित मन
Next articleरारा ताल पुगेका बुलेट राइडर काठमाडौं आइपुगे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here