द्रोण रिजाल्, नेदर्ल्यान्ड। मे १७ तरिखका दिन प्रवासी नेपाली मंच नेदर्ल्यान्डले आफ्नो दोस्रो अधिबेसन भब्यताका साथ सम्पन्न गरेको छ । ने क पा (ए मा ले) को भात्री संगठन प्रवासी नेपाली मंच नेदर्ल्यान्डले एमाले केन्द्रिय सदस्य महिला नेत्री साथै बिदेस बिभाग प्रमुख राम कुमारी झाक्री को प्रमुख आतिथ्यमा उक्त अधिबेसन सम्पन्न भएको हो । मन्तब्यको क्रममा प्रमुख अतिथी झांक्री ले बर्तमान नेपालको राजनितिक अवस्थाको चारचा गर्दै मधेसी आन्दोलन को कटाछ्य गरिन । बिदेसी बाट सन्चालित मधेसी आन्दोलन जनमुखी नभएको, अङिकृत नागरिक्ता लिएर प्रान्तिय राज्यको उच्च समबैधानिक पदमा बसेर प्रान्तनै अलग बनाइ भारत गाभ्ने सड्यन्त्र गर्न खोजेकोले सजक नभए देशले भारी संकट बेहुर्नुपर्ने हुनसक्ने औल्याउदै भारत संगकी असमान सन्धिको परिणती अहिले आएर बेहोर्नु परेको धारणा राखेकी थिन । त्यसैगरी शुभकामना दिनुहुने अतिथिहरुमा प्रवासी नेपाली मंच जर्मनका संथापक अध्यक्ष  सन्तोस भट्टराइ,प्रवासी नेपाली मंच बेल्जियमका पूर्व अध्य्क्ष शिव कुमार बदुवाल्,जनसम्पर्क समिती नेदर्ल्यान्डका अध्यक्ष  दिपक रेग्मि,नेपाल बिकास प्रतिस्ठानका अध्य्क्ष शशी पौडेल,गैर आवासिय नेपाली संघ रास्तृय समन्वय परिषद नेदर्ल्यन्ड्का -अध्यक्ष  हिमाल गुरुङ्,गैर आवासिय नेपाली संघ अन्तरस्ट्रीय समन्वय परिषद का सदस्य श्री राम कंडेल ,साथै पुर्व सदस्य फडिन्द्र पंत,गैर आवासिय नेपाली संघ नेदर्लेन्डका पुर्व अद्यछ नारायण आचार्य र क्र राज अधिकारि,प्रवासी नेपाली एकता समाज नेदर्ल्याडका उपाध्यछ आमिर गुरुङ्,गुरुङ समाज नेदर्ल्यान्डका उपाध्यछ कृष्ण गुरुङ्,गैर आवासिय नेपाली संघ रास्तृय समान्वय परिषद कि महिला संयोजक साबित्रा रिजाल्,साथै जन सम्पार्क समिती नेदर्ल्यान्डका निबर्तमान  अध्यक्ष समाजसेबी मनोहरी शर्मा थिय । उक्त अधिबेसनले  प्रेमा काजी गुरुङको अद्यछतामा १९ सदस्यैय नया कार्यसमिती समेत चयन गरेको छ । जस अनुसार उपद्यछमा उद य नेपालि,महासचिबमा धन कुमार बोहरा,सचिबमा बिनोद बस्नेत्,कोशाद्य्चमा खेम लाल सापकोटा र सदस्य हरुमा हेमा कुमार भुजेल्,लछ्मण रिजाल्,घनस्याम सापकोटा,प्रयग राज खनाल,कमल रसाइलि,चन्द्र बिर कुंवर्,कमल शाही,नितु श्रेष्ठ,रबिन खड्का,कैलास रिजाल्,नबिन ढकाल्,रमेस गौतम्,बलराम पोख्रेल र दिनेस रेग्मी रहेका छन । साथै युरोप प्रतीनिधिमा टिका राम सापकोटा लाई चयन गरेको छ । कार्यक्रमको संचालन का महासचिब धन कुमार बोहराले गरेका थिए भने उपस्थित सहभागिलाई स्वागत गर्दै स्वागत मन्तब्य प्रेम काजी गुरुङले राखेका थिए । अधिबेसन अत्यन्तै सफल र च्वछ बातावरणमा भएकोले सबैलाई धन्यबाद दिदै मंचका सलाहाकार केसब राज पान्डेले खुशी ब्यक्त गरे । निर्धारित समय भन्दा ढिलो कार्यक्रम सन्चालन भएको थियो ।

Previous articleसात बुंदे घोषणा-पत्र जारी गर्दै ईनास युरोपको चौथो क्षेत्रीय बैठक सम्पन्न
Next articleब्रुजमा स्नुकर टुर्नामेन्ट भब्यरुपमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here