प्रकाश तिवारी, स्पेन। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) युरोप International Nepalese Artist Society INAS Europe को चौथों युरोप क्षेत्रीय बैठक विभिन्न सात बुंदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ।

१४ र १५ मे २०१६  दूइ दिनसम्म स्विजरल्याण्डको बासेल शहरमा आयोजना भएको इनास युरोपको चौथो भेलामा यसपटक ईनास क्यानडा सहित युरोप महादेश भित्र रहेका इनासका विभिन्न राष्ट्रिय समितिका पदाधिकारीहरु,  गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, गैर आवासीय नेपाली संघ युरोपका प्रतिनिधिहरु, जर्मनी र युरोप महादेशबाट आउनुभएका विभिन्न संघ संस्था र मिडियाका प्रतिनिधिहरुको उपस्थितिमा भएको क्षेत्रीय भेलाले निम्न उल्लेखित सात बुंदे घोषणा पत्र जारी गरेको छ। 

सात बुंदे घोषणा-पत्रको पूर्ण पाठ

१. नेपाली भाषा, कला, संस्कृतिको प्रवर्द्धन, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र कलाकारको हित सम्बन्धी कार्यलाई निरन्तरता दिने र नेपाली प्रतिभाहरुलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिन तथा त्यस्ता प्रतिभाहरुलाई विविध क्षेत्रमा अवसर प्रदान गर्ने।

२. सांस्कृतिक माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सकेको सहयोग पुर्याउने ग्लोबल अभियानलाई सफल बनाउन एकजुट भएर अघि बढ्ने।

३. शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा मातृभूमिका लागि ईनासको तर्फबाट हुदै आएको सामाजिक कार्यलाई निरन्तरता प्रदान गर्ने।

४. हरेक वर्ष आयोजना हुदै आएको नृत्य, गायन तथा साहित्यिक प्रतियोगिताहरुलाई निरन्तरता प्रदान गर्दै हरेक महादेशहरुमा समेत सोहि अनुसारका प्रतियोगिताहरुबाट छानिएर प्रथम भएका कलाकारहरुको बिचमा विश्वस्तरको प्रतिष्पर्धा गराउने सम्बन्धमा विभिन्न राष्ट्रिय समितिहरुबाट प्राप्त प्रस्तावलाई सकारात्मक रुपमा ग्रहण गर्दै यस प्रस्तावलाई अनुमोदन गरिदिन र आफ्नो बार्षिक कार्यक्रममा राखिदिन ग्लोबल समिति समक्ष अनुरोध गरि पठाउने।

५. ईनास युरोपका तर्फबाट युरोप महादेशमा रहेका ईनासका राष्ट्रिय समितिहरुबाट वर्षभरि सम्पादित कार्यहरुका आधारमा प्रत्येक वर्ष एउटा राष्ट्रिय समितिलाई ‘वर्षको उत्कृष्ट राष्ट्रिय समिति’ को उपमा सहित पुरष्कृत गर्ने। साथै, विश्वभरि रहेका राष्ट्रिय समितिहरुमध्यबाट कार्य सम्पादनको आधारमा सर्वोकृष्ट कार्य गर्ने एक राष्ट्रिय समितिलाई ‘सर्वोकृष्ट ईनास राष्ट्रिय समिति’ को उपमा सहित पुरष्कृत गर्न ग्लोबल समितिलाई अनुरोध गर्ने।

६. ईनास युरोपको यस चौथो क्षेत्रीय कार्यक्रममा सहभागी विभिन्न राष्ट्रका कलाकार, साहित्यकार तथा कला साहित्य र संस्कृतिप्रेमी व्यक्तित्वहरु, कार्यक्रमलाई एतिहासिक रुपमा सफल बनाउन विभिन्न भूमिकाबाट सक्दो सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरु तथा संघ संस्थाहरु लगायत सम्पूर्ण सहयोगी हात तथा सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने।

७. ईनास युरोपको पाँचौं महादेशीय (क्षेत्रीय) बैठक सहितको पाँचौं युरोप महादेशस्तरीय नृत्य र दोश्रो युरोप महादेशस्तरीय गायन प्रतियोगिता सहितको कार्यक्रम आगामी वर्ष सन् २०१७ मा डेनमार्कमा आयोजना गर्ने।

अर्जुन काफ्ले

संयोजक

ईनास युरोप क्षेत्रीय समिति

Ghoshana-Patra

Previous articleमह -जात्रा २०१६ कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Next articleप्रवासी नेपाली मंच नेदर्ल्यान्डको दोस्रो अधिबेसन सम्पन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here