१४ मे २०१६, स्विटजरल्याण्ड। मे १४-१५ तारीखमा स्विटजरल्याण्डको बासेलमा आयोजना हुने ईनासको चौंथो युरोपेली क्षेत्रिय बैठक, चौंथो युरोपेली नेपाली नृत्य र प्रथम नेपाली गायन प्रतियोगितामा एनआरएनका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने भएको छ। गैर-आवासीय नेपालीसंघका वर्तमान प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामिछानेको विशिष्ठ आतिथिका रुपका कार्यक्रममा उपस्थिति रहने छ। लामिछाने ईनास ग्लोबल समितिका संरक्षक पनि हुन्।त्यसैगरी संघका, वर्तमान उपाध्यक्ष कुमार पन्त(जर्मनी), सल्लाहकार पुष्प थापा (जर्मनी), सचिव अर्जुन कुमार श्रेष्ठ (बेल्जियम), यूरोप क्षेत्रिय सह-संयोजकश्री दावा शेर्पा (जर्मनी), गैर-आवासीय नेपाली संघका आईसिसि सदस्य संगिता मरहट्ठा(युके), आईसिसि सदस्य डा. विनय श्रेष्ठ (स्विटजरल्याण्ड), एनआरएनए स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरूङ र एनआरएनए जर्मनीका उपाध्यक्ष रणबहादुर साउदको कार्यक्रममा उपस्थिति रहनेछ। एनआरएनएका अभियन्ताहरुको उपस्थितिले नेपाली कला र संस्कृतिको संवर्धनका बिषयमा गैर-आवासीय नेपाली संघले ईनाससंग गर्न सक्ने सहकार्य र समन्वयका बारेमा पनि विचारहरु आदान-प्रदान हुने अपेक्षा गरिएको छ।

Hirabal

बासेल आउने ईनासका अभियन्ताहरुको संख्या बढ्दो

मे १२ मा नेपाल स्वीस डट कमले ईनासका अभियन्ताहरुको बासेलको कार्यक्रममा उपस्थिति रहनेएक समाचार प्रकाशित गरिसकेको छ। यसैबीच हामीलाई प्राप्त समाचार अनुसार ईनास ग्लोबल कमिटिका बरिष्ठ सल्लाहकार शिखर खड्का(जर्मनी) र कोषाध्यक्ष राधी क्षेत्रि (ईटाली) को पनि कार्यक्रममा सक्रिय सहभागिता रहने छ। राधी क्षेत्रि एक स्थापित गायिका पनि हुन्।

Radhi

जर्मनीबाट अन्य ब्यक्तित्वहरु

कार्यक्रममा जर्मनीको मुनस्टरबाट पत्रकार टेक नेपाली, युरोपियन हिमालय यसोसियशनका अध्यक्ष मानकाजी नेपाली र समाजसेवी तेजकुमारी बान्तवा राई (शेरचन) पनि आउने समाचार प्राप्त भएको छ। विभिन्न ब्यक्तित्वहरुको कार्यक्रममा उपस्थित हुने समाचारहरु क्रमिक रुपमा प्रकाशित गरिने छ।

Previous articleराजधानीमा भिन्टेज मोटर एक्स्पो २०१६ हुने
Next articleईनासको चौथो युरोपेली कार्यक्रम सुरु हुदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here