Programme banner 073Bimala Hayoz Basnet new
स्वीट्जरल्याण्डको उस्टर शहरमा आगामी २४ अप्रीलका दिन हुने नयाँ वर्ष शुभकामना साँझ २०७३ को तयारी पूरा भएको छ ।
विगत झैं यस पटक पनि आफ्नो एकल प्रयासमा शुभकामना साँझ कार्यक्रमको आयोजना गर्न लाग्नु भएकी एक मात्र आयोजक बिमला हायोज बस्नेतले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनु भएको हो । चर्तित एवं लोकप्रीय गायक राजु परियार तथा गायिका अञ्जु पन्तको धमाकादार प्रस्तुतिका साथ आयोजना हुने उक्त कार्यक्रममा स्वीट्जरल्याण्डमा रहेका स्थानीय नेपाली कलाकारहरु वर्षा हायोज, निता कपूर, गौरी गुभाजु, विष्णु क्षेत्री लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
अपरान्ह १ बजेबाट शुरु भई रातको १० बजेसम्म चल्ने उक्त कार्यक्रम अघिल्ला वर्षहरु कै निरन्तरता रहेको पनि आयोजक हायोज बस्नेतले बताउनु भएको छ ।
Barsha Hayoz new1 Bishnu Kshetri Gauri Gubhaju Nita Kapoor
विदेशमा रहेर पनि सदैव नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना गर्दै नेपाली अद्वीतीय धरोहरहरुको सम्वद्र्धनमा रातदिन आफूलाई जुटाईरहन सफल एवं नेपाली समाजमा रहेका विपन्न एवं असहायहरुको सहारा बन्न रुचाईरहने समाजसेवी बिमला हायोज बस्नेतको अथक प्रयासले बिगतका वर्षहरुमा अत्यन्तै सफल बनेका शुभकामना साँझ कार्यक्रम झैं यस पटक पनि नेपालीहरुलाई पुनः एक पटक एकै मञ्चबाट नेपाली साँस्कृतिक मनोरमताको स्वाद चखाउने भएको हो ।
कार्यक्रममा नेपाली स्वादिष्ट परिकारकाहरुको साथमा रात्रिभोजको समेत व्यवस्था गरिएको आयोजकले बताउनु भएको छ । त्यसैगरी कार्यक्रममा सहभागिताका लागि ४० स्वीस फ्रेन्क तिर्नु पर्ने बताइएको छ भने विद्यार्थीहरुका लागि आकर्षक छुट सहित २५ स्वीस फ्रैन्क र १२ वर्ष भन्दा मुनिका बालबालिकाका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

स्वीट्जरल्याण्डको नेपाली समुदायमा समाजसेवीका रुपमा आफूलाई अग्रणी सावित गर्नु भएकी आयोजक बस्नेतले विगत झैं कार्यक्रमको आयोजनाबाट उठेको रकम नेपालमा रहेका विपन्न एवं असहाय बालबालिकाहरुको सहयोगमा प्रदान गरिने पनि बताउनु भयो ।
कार्यक्रम सम्बन्धी बिस्तृत जानकारी चाहिएमा कार्यक्रमकी प्रमुख आयोजक बिमला हायोज बस्नेत फोन नं. ०७९५२४३८४९, ०७६४१८३७९०, ०७७९४१४६३२ र वर्षा हायोज फोन ०७९९५२५१०२ मा सम्पर्क गर्न सकिने पनि आयोजकले बताउनु भएको छ ।
कार्यक्रम स्थानः
Stadthofsaal, Theaterstrasse 1, 8610 Uster, Switzerland

Previous articleकामु प्रधानन्यायाधीशमा कार्की
Next articleसन २०१८ सम्म अदृष्य रेल आउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here