सांसदहरुले भूकम्प प्रभावितहरुलाई घर बनाउनका लागि राहत रकम दिन ढिलाइ गरिनुको कारणबारे सरकारसँग जवाफ मागेका छन् । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आज सिंहदरबारमा बसेको बैठकमा पीडितहरुले घर बनाउने रकम अझैसम्म पनि नपाएको भन्दै भुकम्प प्रभावित क्षेत्रका सांसदहरुले आक्रोश पोखेका हुन् ।

समितिले पुनर्निर्माणको काममा हालसम्म भएका प्रगतिबारे जानकारी लिन आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भूकम्प प्रभावित जिल्लाका ९ जना सांसदलाई बैठकमा बोलाएको थियो । उनीहरुले सर्भेको काममा ढिलाइ हुनुमा सरकार दोषी रहेको भन्दै त्यसको जवाफ मागेका थिए । भूकम्प पीडितहरुलाई जतिसक्दो चाँडो अनुदानको रकम वितरण गर्न र वर्षायाम सुरु हुनु अघि नै घर बनाउने वातावरण बनाउन सांसदहरुले आग्रह गरेका थिए ।

Previous articleफ्रि भिसा फ्रि टिकट कार्यान्वयनबाट पछि नहट्न सरकारलाई दवाव
Next articleराष्ट्रिय स्वाधिनताको रक्षाका लागि राष्ट्रिय एकता सृदृढ हुनुपर्ने प्रचण्डको जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here