राजधानीको पद्मकन्या क्याम्पसका पूर्व स्ववियु सभापति लालकुमारी पोखरेल (स्वस्तिका) को शव श्रद्धाञ्जलीका लागि अहिले बिहान पद्मकन्या क्याम्पसमा राखिएको छ । उहाँको शव बिहान ७ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि क्याम्पसमा राखिने नेविसंघले जनाएको छ । कांगे्रसको पूर्व महासमिति सदस्य समेत रहनु भएका उहाँको शवमा पार्टी सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली दिनुहुने कांगे्रसले जनाएको छ । उहाँको हिजो बाराका अमलेखगंजमा भएको गाडी दुर्घटनामा परी निधन भएको थियो । उहासँगै गाडी चालक धु्रव कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने उहाँका भिनाजु गोविन्द बुढाथोकीको उपचारका लागि राजधानी ल्याउँदै गर्दा निधन भएको थियो ।

Previous articleआजदेखि लोडसेडिङ एकघण्टा घट्यो
Next articleएसएलसीको तयारी पुरा, यस वर्ष पनि छात्रा बढी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here