गत ०२ जनवरी २०१६ का दिन दुर्घटनामा परि मृत्यु भएका कैलाली जिल्ला फुलबारी-८ सिगाउ घर भई यूएई अल-ऐनमा डब्लुबिडी नामक कनस्ट्रक्सन कम्पनीमा कार्यरत ३८ बर्षिय आशाराम चौधरीको परिवारलाई फुजैराह यूएईबाट नेपाली रुपैया २०,००० ( बिस हजार ) सहयोग रकम नेपाल पठाईेको छ। देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’को सकृयतामा गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समिती र नेपाली कलाकार समुह (NAG) यूएईका केहि सदस्यहरु आफ्नो चिया खर्च कटाएर उक्त आर्थिक सहयोग रकम जुटाएका थिए। 

फुजैराहमा कार्यरत नेपालीहरुले आफ्नो चिया खर्च कटाएर सकंलन गरेको उक्त सहयोग रकम स्वर्गीय चौधरीकी धर्मपत्नी मधु चौधरीको एभरेश्ट बैंक धनगढीको खाता नं- 01100501225815 मा पठाईेएको देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’ले हामीलाई जानकारी दिए। 

स्वर्गीय चौधरीकी छोरी सुमित्रा चौधरीले फोन मार्फत दु:खद घडिमा आफुलाई सकिदो आर्थिक सहयोग गर्नु हुने सबै सहयोगी मनहरु प्रती आभार प्रकट गरेकी छिन्। 

स्मरणिय रहोस् स्वर्गीय आशाराम चौधरीको परिवारमा बुढा आमा बुवा, श्रीमती, दुई छोरी र एक छोरा छन।

Previous articleसमय परिवर्तन हुने, बिहानको २ बज्दा ३ बज्ने
Next articleअन्तर्राष्ट्रिय पत्रकार महासंघले नेपाली पत्रकारहरुलाई सहयोग गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here