१३ मार्च २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै १०६ औं अन्तराष्ट्रिय नारी दिवस मनाउँदैछ। शुभ-कामना मन्तब्यको क्रममा गैर-आवासीय नेपाली संघका आईसिसि सदस्य डा. विनय श्रेष्ठले यस बर्षको अन्तराष्ट्रिय महिला दिवस “लैंगिक समानताका लागि पाईला हाराहारी: सन २०३० सम्म हिस्सा बराबरी (Planet 50-50 by 2030: Step It Up for Gender Equality)” भन्ने संयुक्त राष्ट्र संघको नाराको स्मरण गराउँदै नेपाली महिलाहरु हरेक घर-परिवार, नेपाली संघ-संस्था र गैर-आवासीय नेपाली संघमा केहि बर्षभित्रनै हिस्सा बाराबरी गर्ने अभियानमा लाग्न अनुरोध गरे। त्यसैगरी स्विटजरल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री दीपक घितालले नेपालको संबिधान २०७२ को सकारात्मक पक्षको चर्चा गर्दै महिला हिंसा र असमानताका विरुद्ध लाग्नु पर्ने बताए। नेपालबाट कार्यक्रमका लागि आएकी प्रा. डा. मीना सिङ खड्काले कार्यक्रममा सहभागि हुन पाएको खुसी ब्यक्त गर्दै आफ्नो नेपालमा संचालित योजनाका बारेमा एक प्रस्तुति गर्ने बताईन्।

DSC_0371 DSC_0378

Previous articleस्विटजरल्याण्डमा अन्तराष्ट्रिय महिला नारी दिवस अगाडी बढदै
Next articleनेपाली अर्थतन्त्रको दिशा र दशा तथा यसका कमजोर पक्षहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here