मान बहादुर के.सी., यूएई। गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समिती र नेपाली कलाकार समुह (NAG) यूएईले झापा जिल्ला झिलझिले निवासी बैदेशिक रोजगारीको शिलशिलामा फुजैराहमा वेष्ट कोअस्ट किलिनिङ कम्पनीमा कार्यरत सुनिता लिम्बुलाई सयुक्त रुपमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

मुटु सम्बन्धी रोगको समस्याले ग्रस्त लिम्बुलाई यताको अस्पतालले ठीक हुन नसक्ने भन्दा कम्पनीले तत्कालै थप उपचारका लागि नेपाल पठाउने निर्णय गरेको हुनाले दुईटै संस्था मिलेर लिम्बुको उपचारका लागि केहि सहयोग होस् भनि (NRNA) फुजैराह क्षेत्रीय समितीले रु १५,००० र नेपाली कलाकार समुह (NAG) यूएईले रु ६,००० गरी जम्मा २१ हजार रुपैँया सहयोग गरेको (NRNA) फुजैराह क्षेत्रीय समितीका सह-सचिब यम बहादुर खत्रीले जानकारी दिनु भयो ।

नेपाली कलाकार समुह (NAG) यूएईका अध्यक्ष बिष्णु अधिकारी, सदस्य लीला चापागाई र गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समितीका सह-सचिब यम बहादुर खत्रीले पिडित लिम्बुलाई भेटेर हालखबर बुझी सो आर्थिक सहयोग उनकै हातमा हस्तान्तरण गरेका हुन । 

लगभग ०९ महिना पहिले रोजगारिको लागि यु.ए.ई. पुगेकी सुनिता लिम्बू गएको एक महिना देखी मुटु सम्बन्धी रोगले ग्रस्त थिन् । आँखाबाट भरभरी आसुँ झार्दै पीडित लिम्बुले गएको बर्ष बैशाख महिनामा आफ्नो १८ बर्षिय छोराको किडनी फेल भएर मृत्यु भएको पनि जानकारी दिएकी छिन् ।  यहाँ आएको मात्रै ०९ महिनामा आफु बिरामी भएर काम गर्न नसक्ने अवस्था भएकोले कम्पनीले टिकट खर्च दिएर घर फर्काउनु लागेकोले आफु घर फर्कनु वाध्य हुन परेको बताउछिन् । 

पीडित लिम्बुले आफु समस्यामा परेका बेला सहयोग गर्ने दुईटै संस्था प्रती आभार प्रकट गर्नु भएको थियो । 

स्मरणिय रहोस् लिम्बुका श्रीमान् पनि बैदेशिक रोजगारिको शिलशिलामा हाल साउदी अरबमा कार्यरत छन, भने एक छोरा नेपालमै पढाई गर्दै छन ।

Previous articleसमूह बनाउने अन्तिम कसरतमा पौडेल र देउवा
Next articleबसन्त रानाभाट सम्मानित:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here