बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियम ले २२ फेब्रुअरी २०१६ का दिन  अध्यक्ष सुवास जोशी(सन्तोष) र महामन्त्री चिनिया दुवाल द्वारा एक बिज्ञप्ति जारी गरिएको छ । 

उक्त बिज्ञप्ति मार्फत नेपाली काँग्रेस को १३ औं महाधिवेशन मा भाग लिन को लागी नेपाली जनसम्पर्क समितिको  तर्फा बाट सुवास जोशी (सन्तोष) पदेन महासमिति सदस्य, सीता सापकोटा महासमिति सदस्य र राम थापा महासमिति सदस्य साथै  महाधिवेशन प्रतिनिधिमा क्रमश गंगाधर गौतम, बलिराम झा, सुभाष गुरुङ र कमल पन्थी निर्वाचित भएको जनाईएको  छ । 

साथै उक्त बिज्ञप्तिमा केहि दिन यता नेपाली जनसम्पर्क समिति बेल्जियम को नाम जोडिने गरि क्रियाशील सदस्य हरुको नाममा केहि व्यक्तिहरुको समुहले आफू खुशी निहित स्वार्थ को लागी, क्रियाशील सदस्यहरुको ईच्छा बिपरित अबैधानिक तवरले भेलाको नाममा जनसम्पर्क समिति बेल्जियमको नाम जोडिने गरि महाधिवेशनमा सहभागिता जनाउन प्रतिनिधि छनौट गरेको भनि बिभिन्न सामाजिक संजाल लगाएतका संचार माध्यम हरुमा नाम प्रकाशित हुन् आएको प्रति नेपाली जनसम्पर्क समिति बेल्जियमको गम्भीर ध्यान आकर्षण भएको छ । भनिएको छ भने त्यस्ता अबैधानिक गतिविध प्रति   संगठनको पूर्ण आपत्ति रहेको जनाउदै नेपाली जनसम्पर्क समिति बेल्जियमको हित बिपरितको गतिविधिमा संस्थापक अध्यक्ष ध्रुव राज पौडेल, पूर्व महाधिवेशन प्रतिनिधि जानकी गुरुङ र उल्का घिमिरे लगाएत को संलग्नता देखिएकोमा दु:ख प्रकट गर्दै आगामी दिनमा त्यस्ता किसिमका कृयाकलाप नगर्न वा नगराउन र कोहि पनि क्रियाशील सदस्यहरु सहभागी नहुन को लागी सचेत गराउदै जनसम्पर्क समितिको बिधि, बिधान अनुसार बृहत्तर हितमा लाग्न आग्रह गरि एक बिज्ञप्ति जारी गरिएको छ जुन बिज्ञप्ति जस्ताको तस्तै पढ्न समेत सकिने छ ।

Document-page-001 (7)

Previous articleबेल्जियममा स्व.शुशील कोईरालाको तेर्हौ पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न
Next articleनेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सव समारोहमा सम्मानित स्विट्जरल्याण्डका कलाकार: सुभाष सुन्दास परिचय सहितको लघु वृतचित्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here