बिष्णु सापकोटा, बेल्जियम। नेपालका पुर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति शुशील कोइरालाको तेर्हौ पुण्य तिथिको अवसरमा जनसम्पर्क समितिले गत आईतबारका दिन बेल्जियमको लुभेन शहरमा एक श्रद्धाञ्जली शोक सभा सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशीको अध्यक्षतामा भएको सभामा नेपाली राजदुताबास बेल्जियमका महामहिम राजदुत राममणि पोख्रेलको प्रमुख आतिथ्यता रहको थियो राजदुत पोख्रेलले आफ्नो आसन बाट बोल्दै कोईराला प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली राजनीतिक क्षेत्रमा स्व. कोईराला एक सच्चा त्यागी, निष्ठावान, सरल, सादगी, राष्ट्रबादी नेताको रुपमा रहेको र उहा जस्तो सच्चा देश भक्त नेता नेपालले बिरलै पाएको बताउनु भयो । कोईराला प्रधानमन्त्री पदमा रहेको बेला बेल्जियम भ्रमणको समेत स्मरण गराउदै  भ्रमण को बेला कोईराला लाई नजिक बाट चिन्ने मौका समेत पाएको र कोईरालाको राष्ट्रप्रतिको अघाद लगाब, सादा जीवन उच्च बिचार ले आफु झनै प्रभावित भएको बताएका थिए । गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधरले आफ्नो आशन बाट बोल्दै स्वर्गीय नेता कोईराला नेपाल र नेपाली को  हित को निम्ति लडिरहने, कुनै पनि पद तथा लोभको राजनति गर्ने नेता नभई सिंगो राष्ट्र का लागी जहिले पनि त्याग गर्ने नेताको रुपमा रहेको बताएका थिए।

त्यसै गरी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद का सचिव अर्जुन कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान तथा नेपाली काँग्रेस तेह्रौ महाधिवेशन महासमिति सदस्य सीता सापकोटाले स्व. कोईराला सदैव देश र जनताको लागी मात्र सोच्ने सच्चा नेता को रुपमा चर्चा गदै उहाले नेपाल र नेपालीको उन्नत बिकाश को निमित्त सबिधान सभा बाट नेपाली जनताले चाहेको संबिधान दिएर गएको बताउदै स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाली जनप्रगतिशील मंचका अध्यक्ष चित्र सुवेदी, प्रवासी नेपाली एकता समाजका दिपेन्द्र के सी, प्रवाशी नेपाली संघ (ONF) बेल्जियम का गोपाल सिम्खडा, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, संघीय समाजबादी पार्टी बेल्जियमका लोक राना, जनप्रगतिशील मोर्चा यूरोप संयोजक बिष्णु भुजेल, जनजाती सरोकार मंच यूरोप संयोजक राम ब. गुरुङ, आई सी सी सदस्य तथा नेपाली जनसम्पर्क समिति बेल्जियाकी सल्लहाकार श्रीमती जानकी गुरुङ, नेपाल पत्रकार महासंघ यूरोप शाखा का अध्यक्ष केजिन राई, नवलपरासी सहायता समाज बेल्जियमका महासचिव हरी सापकोटा, मोना बेल्जियमका घनश्याम शाही, पासा पुच: बेल्जियमका अध्यक्ष भिम जोशी, लुम्बिनी कपिलवस्तु अभियानका दामोदर आचार्य, एभरेष्ट समाज ब्रुजका महासचिव कमल सिटौला, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष सी पी भट्ट ले स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

स्वर्गीय शुशील कोइरालाको तेर्हौ पुण्य को अवसरमा आयोजना गरिएको शोक सभामा नेपाली जनसम्पर्क समिति पोर्चुगलका सहमहामन्त्री काजी शेर्पा, नेपाली काँग्रेस तेर्हौ महाधिवेशन प्रतिनिधि बलिराम झा, सुभाष गुरुङ नेजस बेल्जियमका  सल्लहाकार झलक के सी लगात बेल्जियममा रहेका बिभिन्न नेपाली संघ-संस्था अन्तर्गत् बाग्लुंग समाज बेल्जियमका अध्यक्ष देवेन्द्र पौडेल (देबू), अनेसास बेल्जियमका महासचिव परमानन्द सापकोटा, ईन्द्रधनुष का अध्यक्ष मिंन्ड गुरुङ, बिश्व मगर संघ बेल्जियमका मार्के मगर, यूरो कलाकार संघ बेल्जियमकी पार्वती अधिकारी, तमू समाज बेल्जियमका जीवन तमू, सिक्लेश पार्चे बेल्जियमका अध्यक्ष साथै अन्य बिशेष महानुभाव हरु तथा नेपाली दाजुभाई दिदि बहिनि हरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा स्वर्गीय कोईरालाको सम्झनामा एक मिनट मौनधारण गरिएको थियो।

Previous articleसंविधान निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण उपप्रधानमन्त्री रावल
Next articleनेपाली जनसम्पर्क समिति बेल्जियमको प्रेश बिज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here