nswebfly
नेपाल स्वीस डटकमले आफ्नो छैठौँ वार्षिकोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्ण संघ संस्था एवं व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
इन्टरनेशनल नेपाली मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाल स्वीस डटकमले गत २० फेब्रुअरी २०१६ का दिन जुुरिखमा सम्पन्न गरेको छैठौँ वार्षिकोत्सव समारोह सफलतापूर्वक सम्पन्न भएको बताउँदै उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने स्वीट्जरल्याण्डमा रहेका सम्पूर्ण संघ संस्था लगायत स्वीट्जरल्याण्डवासी नेपालीहरु तथा यूरोप लगायत संसारभरबाट उपस्थित भएर वा विविध कारणबस उपस्थित हुन नसके पनि कार्यक्रमको सफलताको लागि लिखित तथा मौखिक शुभकामना व्यक्त गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेको हो । साथै कार्यक्रमको सफलताले आगामी दिनहरुमा अझ बढी जिम्मेवारीका साथ अगाडि बढ्न आफूहरुलाई प्रेरित गरेको मिडियाले जनाएको छ ।
त्यसैगरी उक्त मिडियाले आफ्नो छैठौँ वार्षिकोत्सव समारोहलाई प्रायोजन गरेर सहयोग गर्नु हुने विभिन्न संघ संस्था एवं व्यक्तित्वहरुलाई समेत आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । साथै आगामी दिनहरुमा पनि यस्तै सहयोग निरन्तर जारी रहिरहने विश्वास व्यक्त गरेको छ ।

Previous articleपोर्चुगलमा बृहत क्रियाशील सदस्य भेलाले तोक्यो महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य
Next articleसंविधान निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण उपप्रधानमन्त्री रावल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here