फेब्रुवरी २१,  लिस्वोन –   नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति पोर्चुगलबाट सहभागी हुने तीन महासमिति सदस्य तथा चार महाधिवेशन प्रतिनिधिहरुको चयन आज आयोजित बृहत क्रियाशील सदस्य भेलाले  चयन गरेको छ ।   

क्रियाशील सदस्यको भेलाले  महासमिति सदस्यमा मुक्तिनारायण श्रेष्ठ, खेमराज रानाभाट र राज कुमार गौतमलाई  चयन गरेको छ । समितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा स्वत : पदेन महाधिवेशन प्रतिनिधि रहने हुदाँ अन्य तीन जना महाधिवेशन प्रतिनिधिमा धन बहादुर बयालकोटी, शिव प्रसाद अधिकारी र डियर लोहनीलाई छनौट गरेको छ ।

क्रियाशील सदस्यको बृहत भेलाको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारहरु खेमराज रानाभाट, मुक्तिनारायण श्रेष्ठ, राज कुमार गौतम, लक्ष्मी प्रसाद सापकोटा, धन बहादुर बयालकोटी, शिव प्रसाद अधिकारी, बुद्धि बहादुर गुरुङ र डियर लोहनी बीच कसलाई चयन गर्ने भन्ने बारे लामो बहस र छलफल भएको थियो ।

समितिका सल्लाहकार तथा पुर्व उपाध्यक्ष मुक्ति नारायण श्रेष्ठको अध्यक्षतामा आज आयोजित क्रियाशील सदस्यको बृहत भेलामा समितिका सल्लाहकार तथा पुर्व उपाध्यक्ष राज कुमार गौतम, समितिका अर्का पुर्व उपाध्यक्ष खेमराज रानाभाट, स्याङ्जा समाजका अध्यक्ष दामोदर सुवेदी लगायत व्यक्तिहरुले उद्घाटन सत्रमा आफ्नो भनाई राखेका थिए ।

भेलामा सहभागी सबै वक्ता तथा उपस्थित क्रियाशील सदस्यहरुले महाधिवेशनमा पठाउने प्रतिनिधि चयनको अधिकार केवल क्रियाशील सदस्यको भेलालाई मात्र भएको हुदाँ कार्यसमितिबाट आफै उम्मेदवार र आफै मतदाता भएर गरेको निर्णय विधान सम्मत नहुने हुदाँ त्यो स्वत: बदर हुने बताएका थिए । 

Previous articleविभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै नेपाल स्वीस डटकमको छैठौं वर्षगाँठ सम्पन्न
Next articleनेपाल स्वीस डटकमद्वारा धन्यवाद ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here