NRNA logo

भर्खरै सम्पन्न १२ औ दक्षिण एशियाली खेल्कुद साग अन्तर्गत भएको फुटबल खेल मा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोलीलाई गैरआवासीय नेपाली संघले बधाई ज्ञापन गरेको छ ।

संघकी प्रवक्ता रन्जु थापाले एक वक्तव्यमार्फत नेपाली फुटवल टीमको साहसिक र रोमाञ्चक प्रदर्शनले लामो समयदेखि निराशामा रहन बाध्य नेपाली समाजलाई केही उत्साह प्रदान गर्न सफल भएको हामीले विश्वास लिएका छौं उल्लेख छ।
वक्तव्यमा सागमा सहभागी भई नेपालका लागि ३ स्वर्ण, २३ रजत र २९ कास्यसहित ५५ पदक जित्न सफल हुनुहुने सवै बिधाका खेलाडीलाई उहाँहरुको महत्वपूर्ण योगदानका लागि संघ हार्दिक बधाई ज्ञापन गरेको छ ।
गैरआवासीय नेपाली संघले मुलुकमा खेलकुदको विकासका लागि हालै नेपाल ओलम्पिक कमिटि लगायतका निकायसाग सम्झौता गरी नेपाली खेल प्रतिभाको विकासका लागि सहकार्य थालेको यस अबसरमा स्मरण गर्न चाहान्छौं वक्तव्यमा जनाएको छ।
वक्तव्यमा आगामी दिनमा नेपालको खेदकुद क्षेत्रको विकासका लागि संघले सक्दो सहयोग गर्ने वाचा गर्दै मातृभूमीका लागि खेल्नु भएका र पदक जित्न सफल हुनुभएका सवै खेल प्रतिभाहरुको उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।

Previous articleबेल्जियममा पनि किराँत उधौली चासोक तङ्गनाम सम्पन्न ¦
Next articleनेपाली फुटबल टोलीको भब्य स्वागत गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here