FullSizeRender(1) FullSizeRender(2) FullSizeRender IMG_7819(1)

मणि राई / इन्दिरा चाम्लिंग राई   ब्रुज बेल्जियम,

बेल्जियमको पर्यटकिय सहर ब्रुजमा संयुक्त किराँत समाज बेल्जियमलें नेपालि “किराँती चाड उधौली २०१५ चासोक तङ्गनाम” यसै हप्ता धुमधामका साथ मनाएका छन।  नेपालबाट पाल्नु भएका अग्रज अतिथि टेक बहादुर काङ्गबाङ् लिम्बु र सम्रोती फेम्बू लिम्बुले संयुक्त रूपमा  किराँती चाडको द्विप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो ।  समाजका अध्यक्ष मुना राईको सभापतित्वमा बिभिन्न सामाजिक संघसंथाका विशिष्ट ब्याक्तिहरुको उपस्थिति सहित भब्यरुपमा कार्यक्रम सम्पन्न गरेको हो । पुर्खाहरुको गहन अध्ययन ,अनुसन्धान , मेहनत र अनुभबबाट शृष्टि गरिएको संस्कृति परमपराहरुलाइ सभ्य र असल तरिकाले जिउने आधार मानेर परदेशी भूमिको व्यस्तता र बाध्यताको बाबजुद पनि आफ्ना संस्कार , संस्कृति र पहिचानको महत्वमा जागरुक सचेत किराँती जनसमुदाय र गैर किराँत जनसमुदायको उक्त कार्यक्रममा  बाक्लो उपस्थिति रहेको थियो । त्यसैगरि कार्यक्रममा उपस्थित मान्यजनहरु एनआरएनका कमल पन्थी , एभरेष्ट समाज ब्रुजका महासचिब कमल सिटौला , बेलायतबाट पाल्नु भएका अतिथि कवियत्री जानु काङ्गबाङ्ग लिम्बु र किरात समाजको सदस्य एवं नेपाल पत्रकार महासंघ युरोप शाखाले अध्यक्ष केजिन राई लगायत थुप्रै महानुभाबहरुले किराँत उधौली चाडको शुभकामना मनतब्य दिनुभएको थियो ।  कार्यक्रममा संस्थाकै बरिष्ठ उपाध्यक्ष बिमल सुब्बाले उपस्थित सबै पाहुनाहरुलाई स्वागत मन्तब्य दिदै हार्दिक स्वागत गर्नुभएको थियो भने संस्थाकै सल्लाहकार माकुना राई र डम्बर लिम्बुले कार्यक्रम संचालन गर्नु भएको थियो ।  सदस्य मणि कुमार राईले चासोक तंगनाम , साकेला  , फोलस्यादर बारे प्रकाश पारेको उक्त कार्यक्रममा किराँती कलाकारहरु शुशिला लिम्बू , सुनिता लिम्बू , रजिना लिम्बू , अञ्जना लिम्बू , शृजना लिम्बू , खगेन लिम्बू , लोकेन लिम्बू ,निश्चल लिम्बू , निशान लिम्बू , प्रताप लिम्बू , गङ्गा लिम्बू , निकिता लिम्बू , स्मिता राई शोभा लिम्बू , पूर्ण लिम्बू काङ्गबाङ्ग र मणि राईले बिभिन्न किराँती नृत्य साकेला , च्याब्रुङ्ग , धाननाचका साथै अन्य बिबिध नृत्यहरु प्रस्तुत गरि भरपुर मनोरंजन गराउनुको साथसाथै थरिथरिका नेपालि स्वादिष्ट भोजन र प्याय पदार्थ निशुल्क प्रदान गरि भब्य रात्रि भोजको ब्यबस्था गरेको थियो ।  रात्रि भोज पछि घन्टौ सम्म सामुहिक नृत्यमा बेल्जियमबासी किरातीहरू रमेका थिए ।

Previous articleनेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सव समारोहमा एनआरएनएका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने
Next articleस्वर्ण पदक विजेता नेपाली फुटबल टोलीलाई गैर आवाशीय नेपाली संघद्वारा बधाई ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here