मान बहादुर के.सी., यूएई। संयुक्त अरब इमिरेट्समा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गई रहेका बेला यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणिय स्थल फुजैराहमा गत ०५ फेब्रुअरी २०१६ शुक्रबारका दिन नमस्ते रेस्टुरेन्ट विधिवत् उद्घाटन गरी सञ्चालनमा आएको छ ।

तीन जना नेपालीहरु भरतपुर चितवनका सुजन सापकोटा, चिलाउनेबास स्याङजाका ईश्वर सुनार र धरान सुनसरीका सरोज मगरको संयुक्त लगानिमा उक्त रेष्टुरेण्ट सञ्चालमा ल्याइएको हो ।

फुजैराहको भिडभाड रहने मुख्य ठाउँ दुबई स्लामिक बैंक बिल्डिङमा रहेको नमस्ते रेस्टुरेन्ट नामक उक्त रेस्टुरेन्टमा नेपाली स्वादका सबै खाले परिकार पाईने ब्याबसायी सुजन सापकोटाले बताउनु भयो । 

एक्कासी कसरी ब्यवसाय गर्ने मन बनाउनु भयो भनेर प्रश्न गर्दा तिनै जनाले एकमुश्ठ जवाफ दिदै यूएईमा नेपाल र नेपालीलाई अरुले हेर्ने दृष्टिकोण बदल्न आफुहरुले मिलेर ब्यवसायमा हात हालेको अघिकांश विदेशीले नेपालीलाई निम्न स्तरको कामदारका रुपमा बुझ्ने गरेकोमा आफूहरु चिन्तित रहेको गुनासो पनि गरे ।

अन्य ब्यवसाय छोडेर रेस्टुरेन्ट ब्यवसाय नै किन रोज्नु भयो भन्ने प्रश्नको जवाफमा फुजैराहमा नेपाली रेस्टुरेन्ट नभएकाले यहाँ कार्यरत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई नेपाली खानाको स्पेशल थालीको साथै मम, चाउमिन, सेलरोटी, सुकुटी, लगायतका स्वादिष्ट नेपाली परिकारका स्वाद लिदै हाम्रै देशमा खाए जस्तो अनुभुती गराउदै सबैको मन जित्ने र विदेशीलाई पनि नेपाली परिकारको स्वाद चखाएर बेग्लै खालको अनुभब गराउनुका लागि रेस्टुरेन्ट ब्यवसाय नै रोजेको ब्याबसायी सापकोटाले बताए ।

युवा ब्याबसायी सुजन सापकोटा र वहाँका पार्टनर ईश्वर सुनार, सरोज मगरले चालेका कदमले सफलताको शिखर चुमोस् हाम्रो यहि शुभकामना छ ।

namaste (2)

Previous articleशब्दचित्रमा संविधान निर्माता स्व. सुशील कोइराला
Next articleनेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डद्वारा हार्दिक श्रद्धाञ्जली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here