काठमाडौं, माघ, २६ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गए राती १२.५० बजे निधन भएको छ। संविधानसभाबाट नेपालको संविधान जारी गर्न सफल कोइराला लामो समयदेखि जिब्रो र छातीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।
उहाँका स्वकीय सचिव अतुल कोइरालाले सभापति कोइरालाको निधन भएको पुष्टि गर्नुभएको छ।
कोइराला व्यवस्थापिका संसद्बाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वा्चित हुनुभई २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो। कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा सन् १९३९ मा विराटनगरमा जन्मनु भएको थियो।
अविवाहित सुशील कोइराला प्रधानमन्त्री भएपछि सम्पत्ति विवरण मोबाइल मात्रै भएको विवरण दिएर संसारकै गरिब प्रधानमन्त्रीमा चर्चा आउनुभएको थियो।

Previous articleस्विटजरल्याण्डमा तेरिया मगर लाई स्वागत गरिने
Next articleपूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here