काठमाण्डौं। भारतसंगको प्रमुख नाका वीरगञ्ज शुक्रबार दिउँसोदेखि खुलेपछि मालवाहक ट्रकहरु नेपाल भित्रिएको अधिकारीहरुले बताएका छन्। तराईमा आन्दोलनरत पक्षहरुले बन्द गरेको नाकालाई शुक्रबार स्थानीयबासिन्दाले खुलाएका थिए। आन्दोलनकारीहरुको उपस्थिति नभएपनि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीका अनुसार भारतको रक्सौल क्षेत्रमा रोकिएका नेपाली मालवाहक सवारी साधनहरु शुक्रबारदेखिनै निर्बाध रुपमा नेपाल भित्रिरहेका छन्। दुई सयभन्दा बढी गाडीहरु आवतजावत गरेका छन्। तराईमा आन्दोलनरत्त दलहरुले १ सय ३५ दिनदेखि नाकामा अवरोध गरेका थिए। नेपाल र भारतको सीमामा रहेको मितेरी पुलमा बनाइएको टेन्ट सीमा क्षेत्रका बासिन्दाहरुले जलाएर नाका खुलाएका थिए। नाकाको धर्ना हटाउने संकेत दिन थालेका आन्दोलनकारी नेताहरुले निर्णय लिनु अगावै नाका सुचारु भएको देखिन्छ।

Previous articleHappy Gurung Lhochhar
Next articleस्विटजरल्याण्डमा तेरिया मगर लाई स्वागत गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here