गिती संग्रह संकल्पमा रहेको नेपाली राष्ट्रिय गित उत्तर तिर नामक गित भिडियो सहित सार्वजानिक भएको छ । नेदरल्याण्ड्समा बस्दै आएका शालिक गौतमको शब्दहरुलाई संगितकार एवं गितकार आलोक शर्माले संगित तथा स्वर भरेका छन् । 

प्रवासमा विभिन्न कारणले बस्नु पर्ने बाध्यता रहेको भए पनि नेपाल प्रतिको माया उत्तिकै गहिरो हुदो रहेछ साथै देशको राष्ट्रिय अखण्डता, सहिष्णुता, सद्भाव, भाइचारा तथा एकतालाई कामय राख्ने अपेक्षा सहित राष्ट्रिय गित सार्वजानिक गरिएको रचनाकार शालिक गौतमले बताए ।

संकल्प एल्वम अन्तरगतको यो दोश्रो गित रहेको र क्रमिक रुपमा सवै गितहरु सार्वजानिक गरिदै जाने बताइएको छ । संकल्प एल्वमको विक्रि वितरणबाट आएको रकम नेपालको कुनै स्कुलको स्तरनोन्नतीमा खर्चिने बताइएको छ । 

Previous articleलण्डनका ठगीपीडित पूर्वगोर्खालाई उजुरी गर्न आग्रह
Next articleनेपाली उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशन सम्पन्न.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here