मान बहादुर के शी ‘मुस्कान’ यूएई। गत १५ जनवरी २०१६ शुक्रबार माघे सङ्क्रान्तिका दिन यूएईको बरदुबई स्थित ईम्पेरिअल सुईट्स होटेलमा सुदूर पश्चिम सेवा समाज यूएईले आफ्नो ‘प्रथम बार्षिक उत्सव तथा देउडा सांस्कृतिक कार्यक्रम’ धुमधामका साथ मनाएको छ ।

संस्था गठन भएको एक बर्ष पुगेको खुशीयालीमा प्रमुख अतिथी महामहिम राजदुत धनन्जय झा ज्यूको हातबाट केक काटी दिप प्रज्वलन गर्दै राष्ट्रिय गीत बजाएर शुरु गरिएको कार्यक्रम संस्थाका अध्यक्ष शिवराज जैशीको सभापतित्व तथा महामहिम राजदुत धनन्जय झा ज्यूको प्रमुख आतिथ्यतामा अघाडी बढेको थियो, कार्यक्रममा बिशेष अतिथीमा नेपालबाट आउनु भएका चित-परिचित देउडा सम्राट नन्द कृष्ण जोशी र गायिका तथा डोटेली चलचित्र कि नायिका चाँदनी मल्ल हुन हुन्थ्यो भने अतिथीहरुमा नेपाली समाज यूएईका पूर्व अध्यक्ष कृष्ण ढकाल, नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण के.सी., दाङ्ग देउखुरी समाज युएईका अध्यक्ष शान्ता गिरी, नेपाल पत्रकार महासंघ यूएईका कार्यबहाक अध्यक्ष त्रिलोचन कोइराला, कास्की आदर्स सेवा समाज युएईका अध्यक्ष शेखर पौडेल, नेपाली एकता महिला समाज युएईकी अध्यक्ष श्रीमती आस्था थापा, बिस्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकाल, लुम्बिनी वेलफेयर सोसाइटी युएई महिला बिभागकी उपाध्यक्ष सरस्वती पौडेल, फिष्टेल ट्राभल्स एन्ड टुरिज़मका संचालक सुर्या गिरी, पत्रकार लाल बहादुर ढेंगा, खेमलाल पाण्डे, कलाकार आशिश पुरुष उपस्थित रहनु भएको थियो । 

समाज सेवी, बुद्दिजिबी, साहित्यकार, कलाकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष जयराज जोशीले उपस्थित अतिथी तथा दर्शकहरुलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए, भने संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले वार्षिक प्रतिबेदन पेश गर्दै सुदूर पश्चिम सेवा समाज यूएईले एक बर्षमा गरेको सम्पूर्ण कार्यको बिबरण छर्लङ पार्दै १३ बर्ष देखी बिना कशुर जेल जिबन ब्यतित गरी रहेका अम्मर बहादुर बमलाई रिहाई गराउनु आफु अझै सकृय भएर लाग्ने र सो कार्यमा सबैको साथ पाउने जिज्ञासा ब्यक्त गर्दै केहि दिन पहिले अलऐनमा दुर्घटना भएर मृत्‍यु भएका कैलालीको फुलबारी निवासी अाशाराम चौधरीको बारेमा बुझेर समाजले लास नेपाल पठाउनु उचित पहल गर्दै सकिदो सहयोग गर्ने बिचार ब्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी महामहिम राजदुत धनन्जय झा ज्यूले दर्शकहरुको भिडले खचाखच भरिएको हल देखेर यूएईमा कार्यरत सुदूर पश्चिम बाशीहरुको एकता प्रती आफु धेरै खुशी भएको र सो कार्यक्रममा एक बेग्लै अनुभब लिएको जिज्ञासा राख्दै सुदूर पश्चिम सेवा समाज यूएईले एक बर्षको छोटो अबधिमा नै गरेका उल्लेखनिय योगदानको खुलेरै प्रशंसा गर्नुका साथै आउँदा दिनमा पनि बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्यामा र नेपालमा हुने आपत्ति / बिपत्तीमा सधैं यसरी सहयोग गर्दै गरोस् समाजले यो गती सधैं कायम राखोस् भनि शुभकामना दिनु भएको थियो । 

अन्य बक्ताहरुमा नेपाली समाज यूएईका पूर्व अध्यक्ष कृष्ण ढकालले आफ्नो मन्तब्य राख्दै सुदूर पश्चिम सेवा समाज यूएईले स्थापना भएको पहिलो बर्षमा गरेका कामको प्रशंसा गर्दै समाजले चालेका कदमले सफलताको शिखर चूमोस् र सधैं समाज सेवाका कार्यहरु गर्दै गरोस् भन्ने जिज्ञासा राख्दै १३ बर्ष देखी जेल जिबन ब्यतित गरी रहेका अम्मर बहादुर बमलाई रिहाई गराउनु राजदुताबास देखी लिएर यहाँका सबै संघ संस्थाले पहल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । भने विश्व सहयोग संघ युएईका अध्यक्ष गोबिन्द ढकालले केहि दिन पहिले अलऐनमा दुर्घटना भएर मृत्‍यु भएका कैलालीको फुलबारी निवासी अाशाराम चौधरीको लास नेपाल पठाउनु केहि कानुनी समस्या आएकाले सबै मिलेर मृतकको लास घर पठाउनु पर्ने र मृतकको परिवारलाई सकिदो आर्थिक सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 

उक्त कार्यक्रमका प्रमुख आकर्षण रहेका देउडा सम्राट नन्द कृष्ण जोशीको नाम लिने बित्तिकै पुरै हल सिटी र तालीको गडगडाहटले गुन्जिएको थियो, देउडा सम्राट नन्द कृष्ण जोशीले स्टेजमा बेग्लै अन्दाजमा प्रबेश गर्दै उपस्तिथ सम्पूर्णलाई चकित पार्दै जुता खोलेर, घुँडा टेकेर श्रद्धाभावले आफ्नो शिर झुकाएर सम्पूर्ण सँग आशिर्बाद मागेका थिए, र युएईमा नेपालीहरुको मिलोमतो र कला सांस्कृतिक प्रतिको माया देखेर सार्है खुशी भएको जिज्ञासा राख्दै देउडा भनेको के हो छर्लंग पारेका थिए, देउडा सम्राट नन्द कृष्ण जोशीले बाज मेरी, बम्बै जान्या रेल, झम्के डालिमा जस्ता गीत गाउदै महामहिम राजदुत धनन्जय झा ज्यूलाई आफु सँगै पैतल मिलाउनु सिकाउदै उपस्तिथ सम्पूर्णलाई भरपुर मनोरन्जन गराएका थिए, त्यस्तै नेपालबाट नै बिशेष अतिथी कलाकारको रुपमा आएकी चर्चित गायिका तथा डोटेली चलचित्र कि नायिका चाँदनी मल्लले स्टेजमा प्रबेश गर्दा सिटी र तालीको बर्षात भएको थियो चाँदनी मल्लले आफ्नो मिठो स्वरले मन्त्रमुग्ध बनाउदै जन रुया मेरा दु:खले, सुदूरपश्चिम स्वर्ग सरी, तिमी पारी छौ सुवा, मेरी मायालु, मलाई काली काली भनि जिस्क्याउन्छन् जस्ता गीतहरु गाएर दर्शकहरुको ध्यान आफु तिर खिच्नुका साथ-साथै छमछमी नाच्न र देउडा खेल्न वाध्य बनाएकी थिन् । 

त्यस्तै यूएईमा कार्यरत कलाकारहरुमा मान बहादुर के.सी. ‘मुस्कान’ र शिला सिंह ले देउडा गीत गाउदा उपस्थित सबै दर्शकहरु पैतल मिलाउदै झुमेका थिए, अन्य कलाकारहरुमा लक्ष्मण अधिकारी, दीपा नेपाली, लक्ष्मी शर्मा, सबिता आचार्यबाट गायन प्रस्तुती, मोहन सिंह ठकुराठी, शारा देवी ठकुराठीबाट नाटक प्रस्तुती रहेको थियो भने नृत्य तिर मनोज भट्ट ‘सानुकाजी’, बिबेक भण्डारी, संगीता बुर्लाकोटी, लिसा क्षेत्री, रेनु बिष्ट, निर्मला बज्रचार्यले कम्मर मर्काउदै सबैलाई छमछमी नचाएका थिए । सुदूर पश्चिम सेवा समाज युएईले आयोजना गरेको यूएईमा हुने कुनै पनि कार्यक्रम भन्दा बेग्लै / भब्य र सब्य ‘प्रथम बार्षिक उत्सव तथा देउडा सांस्कृतिक कार्यक्रम’को अवसर पारेर यसरी भेटघाट गरी देउडा खेल्न पाउँदा उपस्थित सबै निकै उत्साहित देखिएका थिए भने देउडा सम्राट नन्द कृष्ण जोशीले नेपालबाट ल्याउनु भएको तरुलको प्रशाद ग्रहण गर्दै सो कार्यक्रममा भएका घमाशान देउडा दोहोरी र मन छुने देउडा ठाडिभाका सँगै एक से एक नृत्य देखेर त्यसै चुप लागेर बस्न नसकि कोहि देउडामा पैतल मिलाउदै थिए, कोहि नाच्दै रमाउदै थिए, कोहि ताली बजाउदै थिए, कोहि सिटि बजाउदै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु बनाउदै थिए । 

सोहि कार्यक्रममा बिशेष अतिथीमा नेपालबाट आउनु भएका चित-परिचित देउडा सम्राट नन्द कृष्ण जोशी र गायिका तथा डोटेली चलचित्र कि नायिका चाँदनी मल्ललाई सम्मान पत्र सहित दोसल्ला ओढाई बिशेष सम्मान गरिएको थियो भने राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरु पनि सम्मान पत्र सहित सम्मानित भएका थिए ।  उक्त ‘प्रथम बार्षिक उत्सव तथा देउडा सांस्कृतिक कार्यक्रम’लाई सफल पार्ने सहयोगीहरु, सामाजिक संघ संस्थाहरु, आर्थिक सहयोग गर्ने दाताहरु तथा कार्यक्रममा सहभागि भई दिनु भएका सम्पूर्ण उपस्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुदूर पश्चिम सेवा समाज यूएईले हार्दिक आभार ब्यक्त गरेको छ । 

संस्थाका सल्लाहाकार लोकेन्द्र बहादुर बमले सन्चालन गरेको सो कार्यक्रम दिनको ठीक २:३० बजे शुरु भएर साँझ ८ बजे समापन भएको थियो।

15 4(1)

Previous articleनेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डद्वारा बिध्यालय निर्माणमा सहयोग
Next articleआङ खस्ने रोगका लागि महिला फोरमद्वारा प्रति ब्यक्ति एक फ्रान्कको अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here