कृष्ण गुरुङ, स्विट्जरल्याण्ड। नेपाली कांग्रेस युवा नेता गगन थापाको नेतृत्वमा संचालन भएको “मिलेर बनाऔ बिधालय अभियान” अन्तर्गत विनाशकारी भुकम्प बाट क्षति भएका बिधालय अस्थायी एवं स्थायी पुन: निर्माण गर्ने अभियानमा साथ दिदै नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डले आर्थिक सहयोग गरेको छ।

समितिको अध्यक्ष राम कुमार महतो र पुर्व अध्यक्ष गुणराज शर्माको विशेष पहलमा संकलित एक हजार (१०००) स्विस फ्रेन्क “मिलेर बनाऔ बिधालय अभियान” लाई सहयोग गरेको थियो। युवा नेता थापाले थालेको यस अभियानमा सहयोग गर्नुभएको सम्पूर्ण सहयोगी दाताहरुलाई काठमाडौंको नक्सालस्थित बहिरा उच्चमाविमा आयोजित एक विशेष कार्यक्रममा पुर्व राष्ट्रपति डा रामवरण यादव ज्युले सम्मान गर्नुभएको थियो। यस अभियानमा सहयोग गर्नुभएको सम्पूर्ण साथीहरूलाई नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड हार्दिक धन्यवाद व्यक्त गर्दछ।

Previous articleपर्यटकिय प्रचार्-प्रसार अभियानको सुरुवात र स्नो फन को लागि निमन्त्रणा
Next articleमाघे सङ्क्रान्तिका दिन देउडामय बन्यो यूएई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here