अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अब मेल्बर्नमा पनि गठन भएको छ। बिश्वब्यापी रुपमा फैलिदै गएको नेपाली कलाकार, साहित्यकार र कला, साहित्य र संस्कृतिप्रेमीहरुको विश्वव्यापी संगठन इनासको शाखा मेल्बर्नमा गठन गर्नको लागि परेको अनुरोधलाई ग्लोबल कमिटीले केन्द्रिय विधानको धारा १० बमोजिम १० जनवरी २०१६ को दिन अनुमोदन गरेपछि अष्ट्रेलियाको दोश्रो ठूलो राज्य भिक्टोरियाको मेल्बर्नमा समेत विधिवत रुपमा ईनास गठन भएको ईनास ग्लोबल कमिटीले जनाएको छ। ईनास अष्ट्रेलिया केन्द्रिय समिति र सिड्नी, अडेलैड लगायतका राज्यहरुमा भने यस अघिनै ईनास गठन भैसकेका छन। 

भिम नेउपाने र सरोज शर्माको संरक्षक रहने गरि निकै लामो समयदेखि अभिनय, लेखन र निर्देशनमा सकृय कलाकार तथा निर्देशक जीवन रसाइलीको अध्यक्षमा गठन भएको ईनास मेलबर्नको अन्य पदाधिकारीहरुमा नृत्य, अभिनय, लेखन, निर्देशन लगायतका क्षेत्रमा सकृय रहदै आएका कलाकारहरु बिनोद घिमिरे उपाध्यक्ष, योगेन्द्र खडका महासचिव, रक्षा भण्डारी कोषाध्यक्षको रुपमा रहेका छन् भने दिपक परियार, अबिनाश नेउपाने, श्री सुरेन श्रेष्ठ, राजन अधिकारी, रामु भटराई, यमुना गैरे, श्रृष्ठि मानन्धर, अनिल सेवा, संगीता क्षेत्री, अस्विन एन, कोपिला हुमागाई, सुबास सेन्चुरी, र सन्जय सेन्चुरी कार्यकारी सदस्य पदमा चयन भएका छन्। त्यस्तै समितिको  सल्लाहाकारमा टीका दाहाल, स्मृति पोखरेल, राजु कान,होम दवाडी र प्रेस सल्लाहकारमा अरुण लम्साल, निरु त्रिपाठी र रबिन्द्र हेमन्तलाई चयन गरिएको छ। 

विश्वभरि शाखाहरु विस्तार गरेर विश्वव्यापी बनेको यस संस्थाले गर्दै आएको ईनास चलचित्र अवार्डको चौथो शृंखला यसपटक अष्ट्रेलियामानै आयोजना गर्ने घोषणा यस अघिनै गरिसकेको छ।

Previous articleलियोनेल मेस्सी सन २०१५ को फुटबल विश्व बर्ष खेलाडी
Next articleबेल्जियममा मनाईयो चालीसौ मेलमिलाप दिवश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here