मिती जनवरी ०९, २०१६ मा स्विटजरल्याण्ड को राजधानी बर्न मा अन्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्ड (INAS-Switzerland) को कार्यसमितीको बैठक संपन्न भयो | अन्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्ड ले स्विटजरल्याण्ड मा नेपाली कला, संस्कृति को संबर्धन, प्रबर्धन गर्ने कार्यक्रम थप सशक्त तथा सफल बनाउने उदेश्य अनुसार समितीका महासचिव श्री बिजय मल्ल ले कार्यसमिती थप गर्ने प्रस्ताव गर्नुभएको थियो| उक्त बैठक मा श्री विजय मल्ल को प्रस्तावमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्ड का अध्यक्ष श्री धन सी ठकुरी ले श्रीमती शर्मिला थापा मगर तथा, श्रीमती नीता कपुर लाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्ड को बिधान अनुसार कार्यसमिती सदस्य पद मा मनोनीत गर्नुभयो।

नव सदस्यहरुले अन्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्ड को बिधान अनुसार रही नेपाली कला संस्कृतीको प्रबर्धन गर्न ब्यक्त गर्नुभएको इच्छाको यस कार्यसमिती स्वागत तथा सम्मान गर्दछ| यसैगरी, वहाँहरुले संस्थाको नीति तथा बिधान अनुसार कार्य गरी अन्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्ड को आगामी कार्यक्रमहरु थप प्रभाबकारी बनाउनु हुनेछ भन्ने विश्वास गर्दछ।

(इनास स्विट्जरल्याण्डका महासचिव डा. विजय मल्लद्वारा समप्रेसित यो सुचना जस्ताको तस्तै प्रकाशित गरिएको छ – नेपाल स्वीस डट कम)

Previous articleजीवा लामिछाने र कुमार पन्तलाई स्विटजरल्याण्डमा स्वागत
Next articleस्विटजरल्याण्डमा ल्होसार कार्यक्रम भव्य रुपमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here