०९ जनवरी २०१६, स्विटजरल्याण्ड। जनवरी ९, २०१६ मा तमु परिवार स्विटजरल्याण्डको आयोजनामासम्पन्न हुन गई रहेको ल्होसार कार्यक्रममा सहभागि हुन आज जनवरी ८, २०१६ रातको २२.३० बजे एन. आर. एन. ए. का सचिव श्री अर्जुन कुमार श्रेष्ठ स्विटजरल्याण्ड आईपुगेका छन। सचिव श्रेष्ठलाई एन. आर. एन. ए. आईसिसि सदस्य डा. विनय श्रेष्ठ, एन. आर. एन. ए. स्विटजरल्याण्डका युवा संयोजक अर्जुन बस्ताकोटी र नेपाली समाज बासेलका सचिव जिवन भट्टराईले बासेलको विमानस्थलमा हार्दिक स्वागत गरे। सचिव श्रेष्ठ एन. आर. एन. ए. का प्रमुख संरक्षक श्री जीवा लामिछाने र उपाध्यक्ष श्री कुमार पन्त संगै बेर्नमा ल्होसार कार्यक्रममा सरीक हुदै गायक सुभाष सुन्दासको डेब्बु एल्बम „उडन देउ“ को विमोचन गर्ने छन। श्री लामिछाने र श्री पन्त भोलि दिनको ११.०० बजे बेर्न आईपुग्दै छन।

image-ffadf6b9e1edd5d325bfbecb00686d847bb118314efd23650b8b59dd064be623-V

Previous articleबासेलमा प्रदर्शनि गरेको नेपाली लघु चलचित्र
Next articleजीवा लामिछाने र कुमार पन्तलाई स्विटजरल्याण्डमा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here