नेपालीको स्वाभिमान र सगरमाथाको उचाई सग साङ्केतिक रुपमा जोडिएको नेपाली टोपीको इतिहासमा जिवन्त बनाउन सुरु गरिएको नेपाली टोपी दिवस युएइ मा पनि मनाइएको छ ।

नेपाली कलाकार समूह युएइले यहाँको फुजेरामा नेपालीहरु माझ एक कार्यक्रम गरि दिवस मनाएको हो ।

बिदेशमा रहेका नेपाली बिच पहिचान र भाइचारा बडाउन टोपीको महत्वपूर्ण भुमिका रहेको समूहका संरक्षक रतन थापाले बताए ।

बिदेशि भुमिमा रहेर नेपाली कला र सस्कृती प्रबर्द्धनमा अगडी बडेको समूहले नेपाली सस्कृतीको जगेर्ना गर्न र युएइमा रहेका नेपालीहरुमा रास्ट्रीयताको भावना अझ जागृत गर्न कार्यक्रम आयोजना गरिएको समुहका दुबै समितिका अध्यक्ष राम प्रसाद ढकाललेले बताए ।

सो अवसरमा आगामी नेपाली नयाँ बर्षमा शार्जाह शुभकामना आदानप्रदान तथा नेपाली शास्कृतिक कार्यक्रम गरिने समुहका शार्जाह समितिका अध्यक्ष पारस बिके ले जानकारी दिए

कार्यक्रमको संचालन समूहका शार्जाह समितिका उपाध्यक्ष बिष्णु कान्त घिमिरेले गरेका थिए।

-बिष्णुकान्त घिमिरे

Previous articleसकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ” ।
Next articleHappy 2016! New Years Resolutions

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here