विश्वव्यापी विस्तारसंगै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को शाखा दार्जिलिंगमा समेत गठन भएको छ।  दार्जिलिंगमा गीत, संगीत, साहित्य लेखनमा सकृय रहँदै आउनुभएका कलाकार श्री लोप्सुंग लामाको अध्यक्षतामा गठन गरि अनुमोदनको लागि पठाएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) दार्जिलिंग शाखालाई दक्षिण एसिया उप-क्षेत्रीय समिति अन्तर्गत रहने गरि स्टेट कमिटिको रुपमा २१ डिसेम्बरको दिन ग्लोबल समितिले अनुमोदन गरेको छ।  समितिका अन्य सदस्यहरुमा चर्चित कलाकार ललित गोले उपाध्यक्ष, राजु दियाली महासचिव, श्रीमती कल्पना प्रसाद कोषाध्यक्ष रहेका छन भने जीवन गुरुङ, मेनुका प्रधान, प्रतिभा कुमाई, दशरथ लोहार र अरुण प्रसाद राई कार्यकारी सदस्यको रुपमा रहेका छन्।  मधुसुदन लामा र के. के. लोहारलाई सल्लाहाकारमा राखिएको छ । 

केहि साताअघि मात्रै नायक उत्तम प्रधानको अध्यक्षतामा अन्ठाउन्नौं शाखाको रुपमा सिक्किममा समेत शाखा गठन गरेको यो संस्थाले संसारभरी नै निकै लोकप्रियता हासिल गर्दै गएको छ। हरेक वर्ष ईनास फिल्मी अवार्ड आयोजना गरेर नेपाली सिनेमालाई सम्मान गर्दै आएको यस संस्थाले इनास साहित्य वर्ष पुरस्कार प्रदान गरेर नेपाली साहित्यलाई र हरेक महादेशहरुमा नृत्य र गायन प्रतियोगिताहरु आयोजना गरेर नेपाली प्रतिभाहरुलाई सम्मान गर्दै आएकोछ। 

Previous articleविश्व हात्ती पोलो प्रतियोगिता २०१५, नेपाल
Next articleनेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here