१९ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। जुनु रिजाल काफ्ले स्विट्जरल्याण्डको नेपाली समाजमा परिचित नाम हो। उनले स्विट्जरल्याण्डमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरी सकेकी छिन्। तिनै जुनु रिजाल काफ्लेको “के होला उनको नाम” बोलको गीतको सांगीतिक भिडियो प्रकाशमा आएको छ। गीतमा बेद कुमार न्यौपानेको शब्द र रामचन्द्र काफ्लेको संगीत रहेको छ। गीतका शब्दहरु मार्मिक एवं भावनात्मक, स्वर र संगीत कर्ण प्रिय छन्।

स्विट्जरल्याण्डमा छायांकन

उक्त सांगीतिक भिडियोको छायांकन स्विट्जरल्याण्डमा गरिएको हो। भिडियोमा स्विट्जरल्याण्डका गाउँहरु, हिमाल र तालका सुन्दर दृष्यहरु समेटिएको छ। भिडियोमा गायिका काफ्ले, रामचन्द्र काफ्ले र स्विट्जरल्याण्डकी परिचित कलाकार बर्षा हायोजले अभिनय गरेका छन्। बर्षा हायोज स्विट्जरल्याण्डमा नियमीत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने नेपाली चेली बिमला हायोजकी छोरी हुन। त्यसै गरी गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डकी वर्तमान महिला संयोजक शुभ एल्मर-लामा र केहि अन्य नेपाली अनुहारहरुको झलक पनि भिडियोमा देखिन्छ।

हिरालाल श्रेष्ठको छायांकन

प्रकाशित भिडियोको छायांकन नेपाल स्वीस डट् कमका संपादक एवं संचालक हिरालाल श्रेष्ठले गरेका हुन्। उनी स्विट्जरल्याण्डको मनहोक दृष्यहरुलाई गीतका शब्दहरुमा कैद गर्न सफल भएका छन्। नेपाल स्वीड डट कमका पाठकहरुका लागि उक्त भिडियो यहाँ प्रस्तुत गरिएको छ।

Previous articleसवारी चालक प्रशिक्षकलाई प्रशिक्षण शुल्कको रुपमा यौन सम्पर्क
Next articleस्पेनकी सुन्दरीले जितिन मिस वर्ल्ड २०१५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here