१७ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। हरेक बर्ष प्रदान गरिने “क्रेडिट स्वीस स्पोर्टस् अवार्ड” यस बर्ष टेनिस खेलाडी स्टान वावरिन्का र ट्रयाथलोन खेलाडी डानियला रिफले प्राप्त गरेका छन्। खेल पत्रकारहरु र टि. भी. दर्शकहरुको मतबाट उनीहरुलाई स्विट्जरल्याण्डको बर्ष खेलाडीका रुपमा अवार्ड प्रदान गरिएको हो। ६ पटक उक्त अवार्ड जितेका अर्का सफल टेनिस खेलाडी रोजर फेडेररलाई वावरिन्काले ३८.८१ प्रतिशत मत ल्याई यस पटक पछाडी पारे। फेडेररले २२.८१ प्रतिशत मत प्राप्त गरेका थिए। त्यसै गरी बर्ष खेलाडी रीफले जिमन्यास्टिक खेलाडी जुलिया स्टाइनग्रुवरलाई झिनो मतको अन्तरले (क्रमश: २६.५७ र २५.१४ प्रतिशत) दोस्रो स्थानमा धकेलिन। सफल महिला टेनिस खेलाडी मार्टिना हिङगिसले सातौं स्थानमा चित्त बुझाउनु पर्यो।

यस बर्षको फेन्च ओपनको समेत विजेता रहेका वावरिन्काले अवार्डले उनलाई भावुक बनाएको बताए। साथै स्विट्जरल्याण्डको खेल जगतको एक अंश हुन पाएकोमा गर्व व्यक्त गरे। त्यसै गरी विजेता रीफले आफ्नो विजयमा खुसी व्यक्त गर्दै यो बर्ष आफ्नो लागि दन्त कथा जस्तो बनेको बताईन्।

Photo: Steffen Schmidt/freshfocus
Photo: Steffen Schmidt/freshfocus

क्रेडिट स्वीस स्पोर्टस् अवार्ड २०१५ का विजेताहरु:

बर्ष खेलाडी (पुरुष): स्टान वावरिन्का (टेनिस)

बर्ष खेलाडी (महिला): डानियला रीफ (ट्रयाथलोन)

बर्ष ट्रेनर: मारसेल कोलत (फुटबल)

बर्ष खेलाडी: (विकलाङग) मारसेल हुग (लाईट एथलेटिक)

बर्षको नयाँ आगमन: ब्रीयल एम्बोलो (फुटबल)

Previous articleThe vibrant print media in Nepal – Binaya Shrestha
Next articleएनआरएनमा भाडभैलो कायमै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here