कृष्ण गुरुङ, ०१ डिसेम्बर २०१५। नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड द्वारा गत २१ नोभेम्बर २०१५ मा आयोजित “तिहार एवं लक्ष्मी जयन्ती” कार्यक्रम भव्य एवं सभ्यका साथ सम्पन्न। समितिको स्थापनाकालदेखि मनाउँदै आएको “तिहार एवं लक्ष्मी जयन्ती” कार्यक्रममा स्विजरल्याण्डको विभिन्न शहरमा बसोबास गर्ने नेपाली दिदीबहिनी, दाजुभाइ तथा नेपाल र नेपालीलाई माया गर्ने विदेशी नागरिकहरुको उल्लेखनीय उपस्थिति रहयो। कार्यक्रमको संचालन समितिको महामन्त्री तिलक थापाले गरेको थियोे भने समितिको सदस्य नारायण कँडेलले उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै, अौपाचरिक कार्यक्रम समितिको अध्यक्ष राम कुमार महतो, विशेष अतिथि एवं समितिको भुतपुर्व अध्यक्ष गुणराज शर्मा, गैरआवासीय नेपाली संघ स्विजरल्याण्डको अाइ सि सि सदस्य डा. विनय श्रेष्ठ, स्विस नेपाली सामजको उपाध्यक्ष पितम गुरुङ, नेपाली एकता मंचको अध्यक्ष अच्युत फुँयल र बसेल सामजको सल्लाहकार डा राजु अधिकारीले संयुक्तरूपमा दिप प्रज्ज्वलन गरि शुरु भएको थियोे, लगत्तै चिर परिचित सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गर्दै शुभकामना मन्तव्य दिने क्रममा नेपाली एकता मंच स्विजरल्याण्डको अध्यक्ष अच्युत फुँयल र डा विनय श्रेष्ठले शुभकामना दिनु भयो र शुभकामना सन्देशमा उठेका केही टिप्पणीहरु बारे कार्यक्रमको विशेष अतिथि एवं समितिको भुतपुर्व अध्यक्षले प्रष्ट पार्नु भयो अन्तमा समितिको अध्यक्ष एवं कार्यक्रमको सभापति राम कुमार महतोले  अौपाचरिक कार्यक्रम अन्त भएको घोषणा गर्नु भयो।

दोस्रो चरणको कार्यक्रम समितिको कोषाध्यक्ष कृष्ण गुरुङले संचालन गर्नु भएको थियोे भने जर्मनको म्युनिख निवासी रमिता महर्जनको नृत्य प्रस्तुतिबाट दर्शकहरूले भरपूर मनोरञ्जन लिएको थियोे, समितिले स्विजरल्याण्डमा पहिलोपटक बालबालिकाहरूलाई मनोरञ्जनको लागि म्युजिकल चियर खेल खेलाइएको थियोे खेलमा भाग लिएका सम्पूर्ण बालबालिकाहरू लाई पुरस्कारको व्यवस्था लक्ष्मी श्रेष्ठ महतोले गर्नुभएको थियोे।   

सदा झैं देउसि भैलो कार्यक्रम समितिको महामन्त्री तिलक थापा, पेम्बा दिदी, सुनम पन्त, बिरु गुरुङ, सन्जु तामाङ गुरुङ, नारायण थापा, बिमला हयोज बस्नेत लक्ष्मी श्रेष्ठ महतो, अमिना श्रेष्ठ, राम परियार लगायत सम्पूर्ण टिमले देउसि खेलेर मनोरञ्जन दिनु भएकोमा सबैलाई हार्दिक धन्यवाद।

नेपाली परिकार सेलरोटी पोलेर विगत ४ वर्ष देखि समितिलाई सहयोग गर्दै अाउनु भएको पेम्बा दिदी, नेपाली खान अण्डाकरिको साथमा अरु परिकारको स्वादिष्ट भोजन बनाएर पाहुनाको मन जित्न सफल समितिको महामन्त्री तिलक थापा लगायत किचन टिम, बारको जिम्मेवारी सम्हालेर समितिलाई सहयोग गर्नु भएको तेन्पा गुरुङ लगायत बार टिम, जादू देखाएर पाहुनालाई मनोरञ्जन दिलाउन सफल गौरी बर्तौला र डि. जे. मा दर्शकहरूको माग अनुसार म्युजिक बजाएर दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाएर सहयोग गर्नुभएकोमा संस्थाको सल्लाहकार हिरालाल श्रेष्ठ लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछI

भाग्यशाली चिठ्ठा काटेर कार्यक्रम सफलताको लागि सहयोग गरिदिनु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ र कार्यक्रममा उपस्थित पाहुनाहरु सबैलाई नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ र अाउने दिनहरूमा पनि सहयोगको अपेक्षा गर्दछ।  

पुरस्कार विजेताहरुको नामावली यस प्रकार छ।

प्रथम पुरस्कार      : सरिन मल्ल  (जुरिच)

दोस्रो पुरस्कार      : इनेस पन्त  (बर्न)

तेस्रो पुरस्कार       : सगुन हमाल यादव (जुरिच)

तेस्रो पुरस्कार       : सन्तोष राई (बसेल)

चौथो पुरस्कार      : आशा इस्तुकि गुरुङ (जुरिच)

चौथो पुरस्कार      : नारायण थापा (जुरिच)

चौथो पुरस्कार      : समीर रैला (बर्न)

चौथो पुरस्कार      : विक्कल थापा (बर्न)

सप्राइज पुरस्कार  : बिकाश गुरुङ (बर्न) 

नोट: स्मरण रहोस् विगतको वर्षहरूमा जस्तै यस वर्षको सप्राइज पुरस्कार पनि लक्ष्मी श्रेष्ठ महतोले नै स्पोन्सार गर्नु भएको हो वहाँलाई धेरै धेरै धन्यवाद। पुरस्कार विजेता सम्पूर्ण लाई हार्दिक बधाई तथा शुभकामना।।   

    अन्तमा पुनः कार्यक्रम सफलताको लागि प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग गरिदिनु भएकोमा सम्पूर्ण स्विजरल्याण्ड बासी दिदीबहिनी, दाजुभाइ तथा संघसंस्थाको साथीहरू सबैलाई नेपाली जनसम्पर्क समिति स्विजरल्याणडको तर्फबाट धेरै धेरै हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ।

नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड

Previous articleएन आर एन ए युरोप रिजनले युरोपियन पार्लियामेन्ट लग्जर्म्वर्ग अगाडी विरोध गर्ने
Next articleनेपालको नयाँ संविधान अन्तरिम भन्दा पनि पछाडि फर्किएकाले आन्दोलन भएको: भारतीय विदेशमन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here