२८ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्ड निवासी युवा गायक एवं संगीतकार सुभास सुन्दासको सांगीतिक एल्बम काठमाण्डौमा विमोचित हुने समाचार नेपाल स्वीस डट कमले यस अघिनै प्रकाशित गरी सकेको छ। उनको “उड्न देउ” नामक सांगीतिक सिडि काठमाण्डौंमा २३ नोभेम्बर २०१५ मा विमोचित भयो। उक्त कार्यक्रममा नेपालका प्रख्यात संगीतकार दिपक जंगम, कुन्ति मोक्तान र शिलाबहादुर मोक्तान प्रमुख अथितिका रुपमा उपस्थित थिए। हामी लाई २८ नोभेम्बर २०१५ मा नेपालबाट प्राप्त जानकारी अनुसार उक्त कार्यक्रममा लग भग १०० जना कलाकार एवं बिषिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहयो। “उड्न देउ” मा सुभास सुन्दास, डा. विनय श्रेष्ठ, प्रकाश क्षणिक, योगेन ढोली, रिमा विश्वकर्मा र अमित कार्की द्वारा लिखित सात वटा गीतहरुमा सुभास सुन्दास आफैले र कल्याण सींहले संगीत भरेका छन्। यसै अवसरमा उक्त एल्बमको “माया हो” बोलको गीतको म्यूजिक भिडियो पनि प्रकाशित भएको छ। उक्त भिडियो नेपाल स्वीस डट कमका पाठकहरुका लागि यहाँ प्रस्तुत गरीएको छ।

CD pocket NEW Final_resized 12279001_755753594529357_3515051708729384513_n

Previous articleजर्मनीमा नेपालको लागि अर्थ संकलन
Next articleनेपाली जनसम्पर्क समिति, स्विट्जरल्याण्डले तिहार यसरी मनाए। (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here