२८ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। अमानविय नाकाबन्दीका कारण नेपाललाई परेको संकटमा आर्थिक सहयोग संकलन गर्ने एनआरएनएको अभियानमा सहभागिता देखाउदै एनआरएनए  जर्मनीले आज एउटा कार्यक्रम गरी १८ लाख रुपैया संकलन गरेको नेपाल स्वीस डट कम लाई जानकारी प्राप्त भएको छ। एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी, यूरोप उप-संयोजक दावा शेर्पा र जर्मनीका आइसीसी सदस्य सुरेन्द्र प्रधानको उपस्थित थियो। त्यसैगरी एनआरएनए जर्मनीका निबर्तमान अध्यक्ष हरेन्द्र वनेम लगायत जर्मनीका बिभिन्न शहरहरुबाट धेरै गैर-आवासिय नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा उपाध्यक्ष पन्तले एनआरएनए जर्मनीलाई हार्दिक धन्यवाद र आभार ब्यक्त गरेका छन्। 

Previous articleबासेल शहरमा लघु चलचित्र प्रदर्शन गर्ने
Next articleभव्य कार्यक्रमका बीच सुभास सुन्दासको एल्बम विमोचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here