गैर आवासीय नेपाली संघ (एनआरएन) को युरोप संयोजकको जिम्मेबारीबाट प्रशंसा बटुलीरहेका बेल्जियमका युवा ब्यबसायी एंव समाजसेवी अर्जुनकुमार श्रेष्ठले केन्द्रिय सचिब पदका लागि उम्मेद्‍वारी घोषणा गरेका छन्। आगामी अक्टोबर काठमाडौमा हुने सातौं विश्व सम्मेलन सँगै युरोप संयोजकबाट बिदा हुनै लाग्दा श्रेष्ठले सचिबमा आफ्नो उम्मेद्‍वारी घोषणा गरेका हुन्।

सन् २००६ देखि गैर आवासीय नेपाली अभियानमा समाहित भई सन् २००९ बाट संघका विभिन्न पदमा रही हाल यूरोप क्षेत्रिय संयोजकको जिम्मेबारी सम्हाली रहेका श्रेष्ठ सँग भावी योजना, उम्मेद्वारी घोषणा र प्रतिबद्दता बारे नेपालीनेपाली डटकमले गरेको कुराकानी

तपाई कस्तो हुनुहुन्छ ? अब एनआरएनमा चुनाब लाग्यो क्यारे हैन ?

ठिकै छु। युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको अधिबेशनले गर्दा बिगतका दुई तिन महिना अति नै व्यस्त भए। युरोपका विभिन्न मुलुकहरुमा अधिवेशन सफलता पूर्वक सम्पन्न भए। म नेपालीनेपाली डटकम मार्फत फेरि एक पटक सबै राष्ट्रिय समन्वय परिषदका नयाँ कार्यसमितिका साथीहरुलाई हार्दिक बधाई एंव शुभकामाना दिन चाहन्छु।

अब यसलाई चुनाब लागेको छ भन्नु भन्दा पनि एनआरएनको सातौ विश्व सम्मेलनलाई सफलता पूर्वक सम्पन्न गर्नु पर्ने सबैको दायित्व छ। यसैमा मेरो तर्फबाट पनि आफ्नो जिम्मेवारी छ। निर्वाचन भनेको स्वाभाविक रुपमा अधिवेशन भित्रका प्रक्रियाहरु हुन्।

एनआरएन सचिवमा उम्मेदवारी घोषणा गर्नु भएछ, महासचिव वा उपाध्यक्ष तिर त बढ्नु भएन नि ?

हेर्नुहोस् पद घोषणा मात्र गर्नलाई, जुन पनि घोषणा गर्न सकिन्छ। तर उम्मेद्वारी घोषणा गर्नु मात्र ठुलो कुरा होईन। एनआरएन अभियानमा लाग्न अध्यक्ष, उपाध्यक्ष वा महासचिव नै हुनु पर्छ भन्ने छैन। म युरोप संयोजक रही आफ्नो क्षमता, बल, सिप जे जे सम्भव छ, त्यसको प्रयोग गरेर अभियानमा लागि परेको छु।

मात्र के भने, अव संयोजक पछि सचिवको जिम्मेवारी नै उपयुक्त हो भन्ने मलाइ लाग्छ। घोषणा नै गर्नलाई त मैले छैठौ अधिवेशनमा नै सचिव, महासचिव भन्न पनि सक्थे। तर बिस्तारै आफ्नो अनुभव बटुल्दै, जिम्मेवारी पदमा पुग्दा संघलाई नै फाईदा हुन्छ। यसको उचाई अझ बढाउन सकिन्छ।

उम्मेदवारहरुका एजेण्डाहरु त ठूला-ठूला देखिन थालेका छन तपाईले कस्तो बनाउनु भएको छ ?

हामी एनआरएनको अभियानमा निरन्तर लागिरहेका छौ। हामीले उम्मेदवारहरुका एजेन्डालाई नकारात्मक रुपमा लिनु हुदैन। सम्मेलन मार्फत नयाँ नेतृत्व आए पछि, त्यही टिमले नै दुई वर्षमा गर्नु पर्ने कामहरु के के हुन भनि तय गर्ने छ। त्यसका लागि अहिले सम्म आर्जन गरेको मेरो अनुभवलाई त्यहाँ पोख्नेछु। साथै कार्यान्वयन त्यसको लागि सदैव निस्वार्थ लाग्नेछु।

-नेपाली नेपाली डट कम

Previous articleभारतिय हस्तक्षेप विरुद्ध गैर आवासीय नेपाली संघ बेल्जियमको ध्यानाकर्षण
Next articleभारतीय नाकाबन्धीको बिरोधमा, स्पेनका दुई ठुला शहरमा छुट्टाछुट्टै प्रर्दशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here