३० सेप्टेम्बर २०१५ मा बसेको गैर आवासीय नेपाली संघ बेल्जिसमको वैठकले विभिन्न समसामयिक विषयहरुमा निर्णय गर्दै नेपालको संविधान २०७२ लाई हार्दिक स्वागत गर्दै संविधानसभाबाट जनतावाट लिखित लोकतान्त्रिक संघिय संविधान निर्माणमा आफ्नो जिवन उत्सर्ग गर्ने तमाम शहिदहरु प्रति भावपुर्ण सर्दान्जली अर्पण गर्दै संविधान सभा र नेपाल सरकार र राजनैतिक दलहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
नेपालको संविधान २०७२ ले सवै वर्ग लिंग,समुदाय र हामी प्रवासीको हक अधिकारलाई सुनिस्चित गरेता पनि आफ्नो अधिकार र पहिचानको मुद्दा उठान गरि अझै आन्दोलनरत नेपालका राजनैतिक शक्तिहरुलाई वर्तमान रास्ट्रिय संकटको घडिमा एक पटक सचेत रहि रास्ट्रियता र स्वाधिनताका सवालमा एकजुट हुन साथै संवन्धित पक्षलाई वार्तामा ल्याई निकास निकाल्न नेपाल सरकार र ठुला राजनैतिक दलहरुलाई हार्दिक आग्रह गर्दछौं।
नेपाल एउटा स्वाधिन र सर्वभौम मुलक हो । नेपाल भित्र कस्तो कानुन बनाउनु पर्छ भन्नेमा कुनै पनि सर्वभौम मुलक स्वतन्त्र छ । जुनसुकै वहानामा पनि हुने विदेशी चलखेल,हस्तक्षेप गैर आवासीय नेपालीहरुलाई को लागी स्वीकार्य नहुने र अविलम्व नेपालको विषयमा मित्ररास्ट्र भारतले देखाएको रबैया र हस्तक्षेपकारी भुमिका तत्काल वन्द गर्न समेत प्रेश बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ साथै मित्र राष्ट्र भारतलाई भुपरिवेष्टित राष्ट्रले उपयोग गर्न पाउने अधिकारलाई हनन गरेर संयूक्त राष्ट्र संघको प्रवाधान तर्फ पनि ध्यानकर्षण गराउन चाहान्छौं।

लोक दाहाल

महासचिव

गैर-आवासिय नेपाली संघ, बेल्जियम

गगांधर गौतम

अध्यक्ष

गैर-आवसिय नेपाली संघ, बेल्जियम         

Previous articleभारतीय हस्तक्षेप बिरुद्ध स्विट्जरल्याण्डको राजधानी बेर्नमा बिरोध प्रदर्शन
Next articleसचिवमा उम्मेदवारी “थप जिम्मेवारी सहितको निरन्तरता हो-अर्जुन कुमार श्रेष्ठ (अन्तरबार्ता)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here