गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड र जुरीख स्पोर्ट्स क्लबको संयूक्त आयोजनामा यहि आउदो २७ सेप्टेम्बर २०१५ आइतबारको दिन संविधान २०७२ लाई स्वागत गर्न जुरीख शहरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

उक्त दीप प्रज्वलन कार्यक्रममा सबै लाई भेला भईदिनु हुन विनम्र अनुरोध गरेको छ।

उक्त निमन्त्रणाको पूर्ण पाठ:

आदरणीय स्विट्जरल्याण्ड वासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु,

देशमा विगत् लामो समय देखि लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेखन प्रकिया अन्योलमा थियो। अन्त्यमा,लामो समयको संघर्ष पछि राजनैतिक दलका नेताहरुको सहमति र सहकार्य बाट,मधेस र नेपालका विभिन्न ठाउंहरुमा केही आन्दोलनहरु हुंदाहुंदै पनि संविधानमा संवोधन हुन वांकी विभिन्न राजनैतिक दलका मागहरु,विभिन्न वर्ग,क्षेत्र,समुदाय र मधेसका जनताका मागहरुलाई नयां संविधानमा संशोधन र परिमार्जित गर्दै लान सकिन्छ भन्ने दृढ संकल्प र विश्वासका साथ संविधान सभामा दुई तिहाई वहुमतले नेपालको नयां संविधान २०७२ पारित भएको छ। गत असोज ३ गते नेपालका राष्ट्रपति डा. रामवरण यादव बाट नेपालको संविधान संवोधन गरिसक्नु भएको छ।यस खुशीको घडीमा गैर-आवासीय नेपाली संघ,स्विट्जरल्याण्डले,पूर्व घोषित जुरीख स्पोर्टस् क्ल्वको यही आंउदो २७ तारीक आईतवारका दिन जुरीखमा हुन गैरहेको (NCC Switzerland‘s MEET&GREET) कार्यक्रम मा संगै मिलेर नेपालको नयां संविधानलाई स्वागत गर्न दीप प्रज्वलन कार्यक्रम गर्ने भएकोले स्विट्जरल्याण्डका विभिन्न राजनैतिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधि ज्यूहरु,समाजसेवी तथा पत्रकार साथीहरु र सम्पूर्ण स्विट्जरल्याण्ड वासी नेपालीहरुलाई उक्त दिन भेला भईदिनु हुन विनम्र अनुरोध गर्दछौं।

भूमिराज गुरुङ

महासचिव

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड

Previous articleभुकम्प पिडित महिलालाई कपडा वितरण अभियानमा सहयोगका लागि हार्दिक अपिल
Next articleयूरोपका एनआरएन उम्मेदवारहरूबीच अन्तरक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here