१८ वैशाख २०८१

भुकम्प पिडित महिलालाई कपडा वितरण अभियानमा सहयोगका लागि हार्दिक अपिल

0

“’हामी नेपाली एकजुट हौ ,नेपालका लागि नेपालीले गरौ”

आदरणीय स्विट्जरल्याण्डवासी दाजुभाई तथा दिदीबहिनीहरु,

नेपालमा गएको महाविनाशकारी भूकम्पको पिडाले अझै पनि हामीलाई दुखाईरहेकोछ। त्यो संगै यसको सबै भन्दा बढी मार भूकम्प पिडित महिलाहरू माथि परिरहेको छ।|अझै पनि पिडितहरुलाई गास वास र कपासको उचित प्रवन्ध हुन सकिरहेको छैन।

गत २७ अगस्त २०१५ का दिन जुरिखमा भएको अर्न्तक्रिया कार्यक्रममा आई. सी. सी. महिला संयोजक सपिला राजभण्डारी जयूले भूकम्प पिडित नेपाली महिलाहरुलाई NRNA-ICC को ७ औं विश्व सम्मेलनमा नेपालको राष्ट्रिय पर्व दशैं को मौका पारेर करीव १०,००० महिलाहरुलाई एक एक थान कपडा वितरण गर्ने योजना भएकोले गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्ड लाई उक्त पूनित कार्यमा सहभागी र सहयोग गरिदिदनु हुन हार्दिक अनुरोध गर्नु भएकोले,गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले वहांको अनुरोधलाई सहर्ष स्वीकार गर्दै, तपाई हाम्रो सानो सहयोगले पनि  दैबी प्रकोपको विपत्तिमा परेका नेपाली महिलाहरूलाई  ठुलो राहत मिल्ने छ भन्ने अकांक्षा राख्दै, भूकम्प प्रभावित क्षेत्रमा हस्तान्तरण गर्न लागिएको यस पुण्य कार्यमा आफ्नो तर्फबाट आफुले सकेको सक्दो सहयोग गरिदिनु हुन सम्पूर्ण स्विट्जरल्याण्डवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गैर- आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड हार्दिक अनुरोध गर्दछौं।

थप जानकारी र सम्पर्कको लागी:

सिमा गौतम ०७८८१९२७३६, शुक्र श्रेष्ठ ०७६५७०७५६०, आरउ

लाल सुनार ०७६५४१८३९३, फनिन्द्र पन्त ०७८६४०८२५३, वर्न

भूमिराज गुरूङ ०७६४२७५४४३, डेलेमों,बासेल

अर्जुन बास्टकोटी ०७६३९८६०३६, श्याम घले ०७८७२२३७९०, जूरिख

विजय दर्पण ०७६५३५६०३४,जेनेभा

नोटः यहांहरुले सीधै गैर- आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको खातामा सहयोग रकम् जम्मा गर्न पनि सक्नुहुन्छ।

Non-Resident Nepali Association, Switzerland

Account number: 85-497960-9

IBAN CH74 0900 0000 8549 7960 9

BIC POFICHBEXXX

 भूमिराज गुरुङ

महासचिव

गैर- आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड

Share.

Leave A Reply