नतिबाबु भट्ट, २० सेप्टेम्बर २०१५, अमेरीका। मातृभुमी नेपालमा संविधान जारी भएको खुशियालीमा दिगो शान्ति र प्रगती कामना गर्दै कोलोराडो निवासी नेपालीहरुले आज मैनबत्ती बालेर संविधानको स्वागत गरेका छन् ।

कोलोराडोमा क्रियाशिल नेपाली समुदायको साझा संस्था रकि माउन्टेन फ्रेन्डस अफ नेपाल र नेपाली घरको संयूक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपालको राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । समाजसेवी रामप्रसाद श्रेष्ठबाट मैनबत्ती बाल्न सुरु गरिएको कार्यक्रममा सहभागी सबैले  बत्ति बालेर भावी दिनमा मातृभुमीको शान्ति र प्रगतीको कामना गरेका थिए ।

ब्राईटन स्थित सनातन मन्दिरमा सम्पन्न कार्यक्रममा वक्ताहरुले ६५बर्ष अगाडी देखिको नेपालीको चाहना पुरा भएको भन्दै यसले देशमा शान्ति र अमन चैन ल्याउन सकोस , सबै नेपालीको भावना सगट्न सकोस, भोलीका दिनमा विश्व भरि पुगेका नेपालीहरु गुन्टा कसेर नेपाल फर्कने वातावरण सृजना होस् भन्दै यसको सफलताको कामना गरे । उनीहरुले जारी संविधानमा एक पटकको नेपाली सधैको नेपाली भन्ने प्रवासी नेपालीको मागलाई साकार पारेको, महिला, दलित, पछाडी परेका वर्गको उचित स्थान दिईएको भन्दै साना तिना विबाधमा नअल्झि अव सबैलाई देश निर्माणको महायज्ञमा सहभागी हुन आग्रह गरे ।

यसरी आºना भनाई राख्नेहरुमा रकि माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष शरद आचार्य, नेपाली घर अध्यक्ष योगराज गौतम, समाज सेवी रामप्रसाद श्रेष्ठ, डा.विजयराज शर्मा, रमेश गुरुङ, अजय प्रधान, लगायतका व्यक्तिहरु रहेका थिए । उपस्थित सवैले नेपालको जय होस् भन्ने नारा लगाएका थिए ।

DSC_0020 DSC_0039

Previous articleएन. आर. एन. ए. स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम सम्पन्नको भिडियो
Next articleदेशमा संविधान जारी भयो, पोर्तुगलमा च्यातियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here