स्विट्जरल्याण्डको राजधानी बेर्न शहरमा गैर-आवासिय नेपली संघ, स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम निवर्तमान अध्यक्ष धर्म गुरुङको सभापतित्वमा सम्पन्न भयो। गत अगष्ट १६ तारीखका दिन सम्पन्न संस्थाको अधिवेशनले हिराबल गुरूङको अध्यक्षतामा कार्यकाल २०१५ – २०१७ का लागि एक नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। नव निर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारीहरु उपस्थिति रहेको उक्त कार्यक्रममा गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका वर्तमान (अक्टोबर २०१५ सम्म) आई. सी. सी. सदस्य शिव रिजाल द्वारा नयाँ निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराईएको थियो।

Previous articleयुरोपको क्षेत्रीय संयोजक पदमा कुल आचार्यको उम्मेदवारी
Next articleसंविधान जारी भएको उपलक्षमा कोलोराडोमा मैनबत्ती प्रज्वलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here