काठमाडौँ, भदौ २८ गते। नेपालको संविधान–२०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न सोमबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवास जाने सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो।

संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा. यादवले संविधान जारी भएको घोषणा गर्नुहुनेछ।

संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ।

लामो राजनैतिक खिँचातानी, अन्योल तथा राजनैतिक दलबीचको संवाद, सहकार्य र वार्ताको मात्रै समाचार सुन्दै आएका नेपाली जनताले पहिलो पटक संविधान जारी हुने मिति थाहा पाएका हुन्। रासस

Previous articleएन. आर. एन. ए. स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
Next articleगैरआवासीय नेपालीले नागरिकता पाउने प्रावधान संविधानसभाबाट पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here