बेल्जियम ०३ सेप्टेम्वर, बेल्जियममा रहेका नेपालीहरुको पुरानो साझा सस्थाको रुपमा रहेको ईन्द्रधनुष क्लवले बिगतका बर्षहरु जस्तै यस बर्ष पनि १२ सेप्टेम्वर २०१५ शनिबारका दिन लुभेनको केशेलो शहरमा भब्य रुपमा  नेपाली नारीहरुको महान पर्व  तीज कार्यक्रम गर्ने भएको छ ।

स्थापना काल देखिनै बेल्जियममा रहेका नेपाली दिदीबहिनीहरुलाई तीज कार्यक्रम गरेर माईतिघरको सम्झना दिलाउदै आएको  सस्थाले उक्त दिन सम्पूर्ण दिदि बहिनीहरुलाई दर ख्वाई बिभिन्न कार्यक्रम मार्फत मनोरंजन दिलाउने गरेको छ । यस बर्ष पनि सम्पूर्ण बेल्जियमबासी नेपाली दिदीबहिनीहरुलाई तीज कार्यक्रमा निमन्त्रणा गरेको छ ।

यसरी आयोजना गरिएको कार्यक्रममा बिगतका बर्षहरु जस्तै बिभिन्न सास्कृतिक कार्यक्रम लगाएत रंगीबिरंगी पोशाक हरुमा सजिएर  उपस्थित हुन् सम्पूर्ण महिला दिदीबहिनीहरुलाई अनुरोध समेत गरिएको बताइनुको साथै बिभिन्न तीजका गीतहरुमा नाचगान गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ । ईन्द्रधनुष क्लव बेल्जियमको आयोजना गरिन लागेको कार्यक्रम संयोजक सस्थाकी उपाध्यक्ष यसोदा थापा, उपसंयोजकहरुमा शान्ति भट्टराई, कबिता थपलिया, जानु नेपाल रहेका छन् । यसै गरि बिगत बर्षहरुमा जस्तै उक्त तीज कार्यक्रममा नेपाली चेलीहरुलाई दर ख्वाउदै आएको सहयोगी संस्था क्षेत्री समाज बेल्जियम र सांग्रिला समाज बेल्जियमले सयुक्त रुपमा यस बर्ष दर ख्वाउने कार्यक्रम रहेको साथै अन्य सहयोगी महानुभावहरुको बिशेष सहयोग समेत रहेने बताइएको छ ।

Previous articleबुझ-बुझारथ तथा बिदाई ” कार्यक्रम
Next articleविश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here