प्रकाश तिवारी। नेपाली बाजघर निर्माणको लागि सहयोगार्थ अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) डेनमार्क (International Nepalese Artist Society INAS Denmark) ले आयोजना गरेको च्यारिटी सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। उक्त च्यारिटि कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित डेनमार्कका लागि नेपाली राजदूत महामहिम श्री मुक्तिनाथ भट्ट, विशेष अतिथि इनास ग्लोबल कमिटीका अध्यक्ष पुष्प बरुवाल, एनआरएनए युरोप क्षेत्रीय समितिका डेपुटि कोअर्डिनेटर सोम सापकोटा र इनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर लगायतका प्रतिनिधिहरुले संयुक्त रुपमा पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको उक्त च्यारिटी कार्यक्रममा डेनमार्क स्थित प्राय: सम्पूर्ण संघ संस्थाका प्रतिनिधीज्यूहरुको सहभागिता रहेको जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, स्पेन डेनमार्क लगायतका मुलुकबाट सहभागिता र सहयोग रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै कलाकारहरु आयुना सुब्बा, विदुषी रेग्मी,लुनी रेग्मी, रतिका भट्ट र आयुष सुब्बाले मनमोहक नृत्य प्रस्तुत गरेका थिए भने स्पेनका संजय बिक्रम शाह, स्विजरल्याण्डका सुवास सुन्दास, डेनमार्कका प्रमीस थापा, कृष्ण सुबेदी, दिनेश सापकोटा, तेन्जी शेर्पा लगायतका कलाकारहरुले मिठो लोक सांगीतिक धून बजाएर अतिथीहरुलाई स्वागत गरेका थिए। च्यारिटी कार्यक्रममा सहभागी हुन नेदरल्याण्डसबाट आएकी सन् २०१२ कि युरोपस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने कलाकार सरिता हुमागाई, सन् २०१३ मा सम्पन्न इनास युरोप महादेशस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने जर्मनीकी आश्मा कँडेल, इनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर, मल्लिका प्रधान, नितु खड्का, साधना, सबिना, दीभा अधिकारी, स्नेहा पौडेल, कृष रायमाझी, आंचल सापकोटा, कृपा कँडेल, कृतिका कंडेल, गरिमा घले, लगायतका कलाकारहरुको ज्यादै मनमोहक नृत्य सहितको जोडदार प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरंजन गराएको थियो भने स्विजरल्याण्डका सुवास सुन्दास, स्पेनका संजय बिक्रम शाह, डेनमार्कका पूर्ण बन्धन, पाल्देन शेर्पा, प्रसान्त बानिया, राजमान तामाङ्ग, कृष्ण सुबेदी, कुसुम दाहाल, निरा थापा, नताशा शेर्पा, निरज सिलवाल, लगायतका कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुतिले उपस्थिति दर्शकहरुलाई भरपूर मनोरंजन गराउदै कार्यक्रमलाई सफलता दिलाएको थियो। कार्यक्रमबाट संकलित रकम नेपाली लोक तथा पराम्परागत बाजा संग्राहलय बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन आर्थिक, भौतिक, नैतिक लगायत हर-तरहले सहयोग गर्नुहुने नेपाली राजदूतावास, एनआरएनए युरोप, एनआरएनए डेनमार्क, नेपाल जनसम्पर्क समिति डेनमार्क, प्रबासी नेपाली मन्च डेनमार्क,जन प्रगतिशील मन्च डेनमार्क लगायत सम्पूर्ण संघ-संस्था तथा व्यक्तित्वहरुका साथै विभिन्न मुलुकहरुबाट उपस्थित हुनुभएका कलाकारहरुलाई इनास डेनमार्कका अध्यक्ष श्री सन्त कुमार थापा मगरले हार्दिक धन्यवाद दिदै आभार ब्यक्त गर्नुभएको थियो। साथै उहाँले आगामी दिनहरुमा पनि यस्ता उद्देश्यमूलक कार्यक्रमहरुमा आपसी सहयोग र सहकार्य निरन्तर रहने कुरामा आफू विश्वस्त रहेको जानकारी गराउनु भएको थियो। औपचारिक र अनौपचारिक गरि दुई भागमा संचालित उक्त कार्यक्रमको संचालन इनास डेनमार्कका उपाध्यक्ष श्री देवश्री कोइराला र महासचिव राजमान तामाङ्गले गर्नुभएको थियो।

inas denmark2 inas denmark4

Previous articleडेनमार्कमा युवा गायक सुभास सुन्दासको जोडदार प्रस्तुति
Next articleयूरोपमा रहेका प्रगतिशिल नेपालीहरुको संयूक्त प्रेस बिज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here