गैर-आवसिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय समितिका वर्तमान् कोषाध्यक्ष एवं आगामी कार्यकालका लागि केन्द्रिय महासिचव पदका उम्मेद्वार डा. बद्री के.सी. यही २७ अगष्ट २०१५ का दिन आई. सि. सि. महिला संयोजक सपिला राजभण्डारी र डा.एक नारायण चापगाईंका साथमा स्विट्जरल्याण्ड आउँदै हुनुहुन्छ। डा. के. सी. संग २७ अगष्ट २०१५ मा “एन.आर.एन. अभियानको अवसर र चुनौती” विषयक एक अर्न्तक्रिया कार्यक्रम जुरीखमा आयोजना गरिएको सहर्ष जानाकारी गराउँदै सहभागी भई उक्त कार्यक्रमलाई सफल बनाई दिनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ।

 

अर्न्तक्रियाको विषय: “एन.आर.एन. आभियानको अवसर र चुनौति”

कार्यक्रम स्थान: Seminar Room 2, Zurich Youth Hostel, Mutschellenstrasse 114, 8038 Zürich (ZH)

मिति: २७ अगष्ट २०१५

समय: १९:०० बजे देखि २१:०० बजे सम्म

 

स्वागतापेक्षी,

भूमिराज गुरुङ

महासचिव

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड

 

हिराबल गुरुङ

अध्यक्ष

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड

 

विनय श्रेष्ठ

नवनिर्वाचित आई.सि.सि. सदस्य

स्विट्जरल्याण्ड

 

नोट: डा. के. सी. स्विट्जरल्याण्ड आउने कुरा ज्यादै छोटो समयमा निर्धारण भएको र त्यसै अनुसार यो निमन्त्रणा प्रकाशित गरिएको जानकारी गराउँदै असुविधाका लागि क्षमा प्रार्थी छौं।

Previous articleआपतकालीन राहतकोषको स्थापना गर्दै एनआरएन ईटालीको महाधिवेशन सम्पन्न
Next articleडेनमार्कमा युवा गायक सुभास सुन्दासको जोडदार प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here