Untitledआदरणीय स्विट्जरल्याण्डवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, हार्दिक नमस्कार!

भर्खरै सम्पन्न भएको गैर- आवसीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषदको स्विट्जरल्याण्डको चौथो राष्ट्रिय अधिवेशनमा, तपाईंहरुले मलाई विश्वास गरेर आफ्नो अमुल्य मत प्रदान गरि महासचिव जस्तो गरिमामय पदमा विजयी गराउनु भएकोमा तपाईं सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछु।

यस अधिवेशनलाइ सफल बनाउन महत्वपूर्ण भूमिका निभाउनु हुने, राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्डको (२०१३-२०१५)का कार्य समिति, निर्वाचन समिति, पर्यवेक्षक जर्मनीका आई. सी. सी. सदस्य श्री दावा शेर्पा, पत्रकार मित्रहरु, बुद्धिजीवी तथा समाजसेवी साथीहरु र अधिवेशनमा सहभागी भई गैर-आवासिय नेपाली सँघ, स्विट्जरल्याण्डलाई ठुलो योगदान पुरयाउनु हुने तपाईं सम्पूर्ण स्वीटजरल्याण्डवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा, हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

अन्तमा, हामी फुटेर हैन जुटेर अगाडी बढे मात्र गैर-आवासिय नेपाली सँघ स्विट्जरल्याण्डलाई, सबैको छाता संगठन बनाउन सकिन्छ भन्ने मान्यताका साथ आफ्ना प्रतिबध्दताहरु पुरा गर्ने प्रतिज्ञा गर्दछु।

भूमिराज गुरुङ

महासचिव, गैर-आवासिय नेपाली सँघ, स्विट्जरल्याण्ड

Previous articleउठ्न जुट्न आव्हान – हामी उठ्ने छौं – we will rise
Next articleहिराबल गुरूङको धन्यबाद ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here