आगामी अक्टोबर महिनामा हुन लागेको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सम्मेलन नजिकिदै जाँदा यस संस्थाको केन्द्रिय पदहरुमा उम्मेदवारी दिने क्रम पनि बढ्दै गएको छ। यसै क्रममा केन्द्रिय सचिव पदमा बेल्जियम निवासी अर्जुन कुमार श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन्।

गैर आवासीय नेपाली संघमा लामो समयदेखि आवद्ध रहेका श्रेष्ठले संस्थागत कार्यमा निकै लामो अनुभव रहेको छ। नेपाल ब्यबसायिक संघ बेल्जियमको अध्यक्षको रुपमा कार्य सम्पन्न गरिसकेका श्रेष्ठले विगतमा लगातार दुई पदावधिसम्म एनआरएनए बेल्जियमको आइसीसी सदस्यको पदमा रहेर निकै राम्रा कामहरु गरिसकेका छन्। अहिले एनआरएन युरोप क्षेत्रीय संयोजकको रुपमा कार्यरत रहेका श्रेष्ठलाई उनको कार्य कौशलता र सबैसंग उनले देखाएको सहयोगी भावनाकै कारण गत केन्द्रिय अधिवेशन ताकानै केन्द्रिय भूमिकामा आउनुपर्ने ठूलो दवाव आएको थियो। तर त्यसबेला केन्द्रिय तहमाभन्दा क्षेत्रीय तहमै रहेर काम गर्ने सोच बनाएका उनले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएका थिए र बिजयी पनि भए।

‘सामाजिक एकता र नेपालको समग्र बिकासमा गैर-आवासीय नेपाली संघको भूमिका अझ उच्च हुनुपर्दछ भन्ने मान्यताबाट हामी तमाम एनआरएनहरु अघि बढेका छौं। यसका लागि संस्थागत रुपमा हामीले निकै ठूलो प्रत्यन पनि गरेका छौं, जुन जगजाहेर छ। तर अझै हामीले निकै गर्न बाँकी छ, त्यसको लागि हामी अझ सकृय भएर जुट्नुपर्ने भएको छ।” हामीसंगको कुराकानीमा श्रेष्ठले बताए। कर्मभूमि बेल्जियममा रहेर पनि युरोप र अन्य महादेशहरुमा समेत पुगेर त्यहाको जनजीवनसंग सामिप्यता राख्दै सेवा सेवारत श्रेष्ठको उम्मेदवारीलाई धेरैले स्वागत गरेका छन्।

Previous articleफणिन्द्र पन्तको हार्दिक कृतज्ञता ज्ञापन
Next articleउठ्न जुट्न आव्हान – हामी उठ्ने छौं – we will rise

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here