भक्तपुर, असार ४ गते । गत वर्ष २०७१ को प्रवेशिका परीक्षाको नतिजा केहीबेरअघि सार्वजनिक भएको छ । परीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले राससलाई जानकारी दिनुभयो । प्राप्त नतिजाअनुसार कुल उत्तीर्ण संख्या एक लाख ९२ हजार २६७ रहेको छ । 

यस्तै, विशिष्ट श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार १७६, द्वितीय श्रेणीमा ७६ हजार ४८२ र तृतीय श्रेणीमा चार हजार ३६२ जना उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ विद्यार्थी उत्तीर्ण भएका थिए।

परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक सकिएपछि अहिले सानोठिमीस्थित शिक्षा विभागको हलमा पत्रकार सम्मेलन भइरहेको छ।

विसं २०७१ को नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५ ले आवेदन दिएकामा चार लाख ५३ हजार ३८ ले परीक्षा दिएका थिए । पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार २८८ विद्यार्थी सहभागी थिए । रासस

Previous articleअमेरिकाको कोलोनीमा आफूले सञ्चालन गरेको स्टोरमा हत्या गरिएकी नेपाली चेली समीरा शिवाकोटीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै। भिडियो
Next articleरा प्र पा नेपालका भ्रात्री संगठन प्रवाशी नेपाली एकता समाजको सुचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here