दिपेन्द्र के सी, लुभेन, बेल्जियम । “डायस्पोरामा नेपाली भाषाको अमरत्व हामी सवैको साझा दायित्व !”

 उल्लेखित नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको लुभेन शहरमा  आउदो अगस्ट १६ र १७ मा हुन गैरहेको यूरोपस्तरीय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत गर्नका लागि सम्मेलन आयोजक समितिले युरोपमा रहनु भएका नेपाली स्रष्टाहरुको  रचना सँकलनको आव्हान गरेको छ । सम्मेलनमानेपाली भाषासँगै अन्य राष्ट्रभाषाका रचनाहरु पनि वाचन गरिने भएको छ ।        

 

विधागत रुपमा सम्बन्धित सम्पर्क मेल, अनेसास बेल्जियमको फेसवुक सन्देश बाकस, अनेसासको इमेल वा अनेसास बेल्जियमका पदाधिकारीहरुको फेसबुक सन्देश बाकसमा रचनाहरु प्ठाउन सकिने  कार्यक्रमको व्यवस्थापनलाई मध्यनजर गर्दै आगामी जुलाई अन्तिम सम्म आइपुग्ने गरी रचना माग गरिएको छ ।  बेल्जियम बाहिरका  राष्ट्रबाट सहभागी हुने स्रष्टाहरुले आफुसँगै ल्याएर वाचन गर्न सकिने कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन । सम्मेलन पश्चात प्रस्तुत रचनाहरुको ग्रन्थ प्रकाशित हुने भएको छ । साथै उपस्थित भै आफै वाचन गर्न असमर्थ स्रष्टाहरुबाट प्राप्त रचनाहरु सम्मेलनमा वाचन गरिने छ तसर्थ उपस्थित हुन असमर्थ साधकहरुले पनि पठाउन सक्नुहनेछ  ।

रचना सम्प्रेषका लागि सम्पर्क इमेलहरु— anesasbelgium@gmail.com नेपाली राष्ट्रिय भाषा र अन्य राष्ट्रभाषाका कविताहरु सँयोजक नन्दु घले nandgh72@yahoo.com, nandgh72@hotmail.com र सहसँयोजक हरि श्रेष्ठ harati3576@yahoo.com, गजल सँयोजक बिष्णु सापकोटा bishnu_2009@yahoo.com र मुक्तक सँयोजक सौरव कारञ्जित saurabkaranjit@yahoo.com । 

Previous articleफेल्डकिर्खमा नेपाल ब्लुज नाईट आयोजना हुने
Next articleयुरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको खेल तालिका प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here