फेल्डकिर्खमा बसोबास गर्ने नेपाली चेली निर्माला निडरडोर्फर र उनका श्रीमान मार्कुस निडरडोर्फर ले यहि जुन २६ देखि २८ सम्म फेल्डकिर्खमा आयोजना हुने नेपाल ब्लुज नाईटमा स्विट्जरल्याण्डका सबै संघ-संस्थाका सदस्यहरु, नेपाली दाजु-भाई दिदी-बहिनीहरु र नेपाल प्रेमि मित्रहरु लाई निमन्त्रणा गरेका छन्। उक्त कार्यक्रमबाट संकलन हुने अर्थ नेपालको भूकम्प पीडितहरुका लागि संचालन हुने योजनाहरुमा प्रयोग गरिने जनाईएको छ। उक्त कार्यक्रमको बिस्तृत जानाकारीको लागि यसै समाचारमा संलग्न निमन्त्रणा पत्र हेर्न अनुरोध गरिन्छ।

अस्ट्रियाको फेल्डकिर्ख, रुसलेपार्कमा आयोजना हुने उक्त नेपाल ब्लुज नाईट बिभिन्न कार्यक्रमका साथ मनाईने भएको छ। निमन्त्रणा पत्रमा रात्री भोज, स्थानिय खाध्य बजारको भ्रमण, वाईन मेलामा खानाका साथै फेल्डकिर्खका मेयरसंग नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको भेट्घाट हने कार्यक्रमलाई प्राथमिकतासाथ प्रस्तुत गरिएको छ। यस अवसरमा जुन २७ का दिन एक सांगीतिक एवं सांकृतिक कार्यक्रमको पनि आयोजना गरिने भएको छ। ईच्छुक व्यक्तिहरु लाई आफ्नो पुरा नाम र सहभागि हुने कार्यक्रम नम्बर सहित ई-मेल मार्फत अग्रिम जानकारी गराउन हुन अनुरोध गरिएको छ।

निमन्त्रणाको पूर्ण पाठ:

NEPAL_BLUES_NIGHT_in_Feldkirch_Information

Previous articleरनिङ शिल्ड फुटबल प्रतियोगितामा जुरीख बिजयी
Next articleयूरोपमा रहनु भएका स्रष्टाहरुमा रचना आव्हान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here