यहि मे महिनाको ३० तारिक सनिबार का दिन एन आर एन ए स्विट्जरल्याण्ड को कार्यसमितीको बैठक बस्न गैरहेको सबैमा  सर्वबिदितै छ। उक्त दिन जुरिच नीवासी नेपाली हरुले नेपालमा महाभूकम्प पीडित नेपाली हरुको सहयोगको लागी एक च्यारिटी कार्यक्रम आयोजना भएको पत्रीका मार्फत सार्वजनिक भएको छ। नेपाल एम्बेसी जेनेभा ले आयोजना गर्ने Everest Day को कार्यक्रम रद्द  गरेको र सोहि स्थान  पहिला नै बुक भै सकेको हुनाले त्यसको सदुपयोग गर्दै च्यारिटी डिनर कार्यक्रम आयोजना गरी नेपाल र नेपाली लाई यस विपद को बेलामा केहि सहयोग गरौँ भन्ने जुन साथी हरुको भावना छ, त्यस भावना प्रति एन आर एन ए स्विट्जरल्याण्ड  उच्च सम्मान प्रकट गर्दछ। हामि नेपाली  हाम्रो नेपाल भन्ने भावना बाट सम्पूर्ण आदरणीय स्विट्जरल्याण्ड  बासि नेपाली  हरु त्यहाँ उपस्थित भै कार्यक्रम लाई सफल बनाइदिनुहुन एन आर एन ए स्विट्जरल्याण्ड  सबैमा हार्दिक अपील गर्दछ। सामाजिक संजाल हरुमा केहि भ्रम सृजना भएको हुन सक्दछ,हामीले पहिला नै प्रतिबद्दता जाहेर गरिसकेका छौं। स्विट्जरल्याण्ड  मा आयोजना हुने कुनै पनि कार्यक्रम जुदाउने छैनौं , हामीले हाम्रो कार्यसमितीको मिटिंग दिन को २ बजे बोलाएको सबैमा अवगत नै छ ,हामि मिटिंग चांडो सकाएर  एन आर एन ए टिम नै जुरिच को उक्त डिनर  कार्यक्रम मा उपस्थित हुने प्रतिबद्दता ब्यक्त गर्दछौं। यो एन आर एन ए स्विट्जरल्याण्ड  कार्यसमीतीको अती नै आवस्यक मिटिंग पनि हो।  हामि जुन महिनाको २७ र २८ मा यूरो स्तरिय फुटबल टुनामेन्ट आयोजना गर्दैछौं। जुन महिना को २० र २१ मा एन आर एन ए युरोप सम्मेलन नजिकिदैछ। हामि हाम्रो एन आर एन ए स्विट्जरल्याण्ड  को अधिवेसन अगस्त १५ मा गर्न गैरहेका छौं ,साथै नेपाल को महाभूकम्प को पनि सामना गर्नुपरिरहेको छ। यी अत्यन्तै आवस्यक बिसयबस्तुमा चांडो छलफल र निष्कर्स गर्नुपर्ने भएकोले सम्पूर्ण  एन आर एन ए पदाधिकारीहरु ,ICC स्विट्जरल्याण्ड ,सल्लाहकार ,संरक्षक ,संयोजक ज्यू हरु सबैमा निर्धारित समयमै उपस्थित  भै दिनुहुन अनुरोध गर्दछु। नेपाली समाज को च्यारिटी डिनर कार्यक्रम जुरिच मा हुन गइ रहेको हुनाले त्यस क्षेत्र का ,त्यस आसपासका एन आर एन ए पधादिकारी हरुबाट नेपाली समाज को कार्यक्रम लाई सफल बनाउन को लागि वहाहरुसंग आवस्यक समन्वय गरी कार्य गर्न गराउन एन आर एन ए स्विट्जरल्याण्ड  बिशेस अनुरोध गर्दछ । 

सुबास पोखरेल

महासचिब

एन आर एन ए स्विट्जरल्याण्ड

Previous articleजुरिच नेपाली स्पोर्टस क्लबको अत्यन्त जरुरि सुचना
Next articleनेपाली मुलकी सञ्जिता भइन् ओबामाकी सल्लाहकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here